शनिबार, साउन १२, २०८१

एकै दिनमा १६ अर्ब २३ करोड रुपैयाँ सरकारी खाताबाट निकासा

काठमाडौं । आर्थिक वर्षको अन्तिम समयमा शनिबार सरकारी खाताबाट एकै दिन १६ अर्ब २३ करोड रुपैयाँ निकासा भएको छ ।

शनिबार पुँजीगततर्फ पाँच अर्ब ५६ करोड र साधारणतर्फ १० अर्ब ६७ करोड रुपैयाँ निकासा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । योसँगै असार महिनाको २३ दिनमा मात्रै एक खर्ब ५४ अर्ब रुपैयाँ बजेट खर्च भएको छ ।

यस्तै आर्थिक वर्षको अन्तिम समयमा राजस्व दाखिलाका राति ८ बजेसम्म बैंकका शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि राजस्व संकलन भने ८३ करोड मात्रै भएको छ । आज खाता बन्द हुने अन्तिम दिन भएकाले निकासा अझ बढ्ने महालेखा नियन्त्रकका प्रवक्ता शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal