शनिबार, साउन १२, २०८१

हरियाणा राज्यको हिसारमा एक नेपाली बालिकाको क्षतविक्षत शव फेला पर्यो

खिमराज चालिसे, चंडिगढ ।
भारतको हरियाणा राज्यको हिसारमा एक नेपाली बालिकाको क्षतविक्षत शव फेला परेको छ । गत १० फेब्रुअरीबाट हराएकी आठ वर्षीया बालिका ममता गिरीको शव दुई दिनपछि खाल्टोमा पुरिएको अवस्थामा फेला परेको हो ।

हिसार अनाज मन्डिस्थित घर नम्वर ११७ बाट शुक्रबार बेलुका ६ः३० बजे खेल्दाखेदै हराएकी ममता खोजतलासका क्रममा १२ फेब्रुअरीका दिन हिसार ब्लुवर्ड टुरिजमको सामने सुनसान स्थानमा खाल्टोमा शव फेला परेको छ ।

बालिकाको अनुहार ढुंगाले थिचेर क्षतविक्षत पारिएको प्रहरीले जनाएको छ । उनको शवलाई सरकारी अस्पतालमा राखिएको र सोमबार पोस्टमार्टम गर्ने तयारी भएको हिसारबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता तारा सोमरेले जानाकारी दिनु भएको छ ।

बालिका कैलाली जिल्लाको घोडाघोडी-४ राम शिखरझाला निवासी तथा हाल अनाज मन्डीमा बसोबास गर्ने लक्ष्मण गिरि र लक्ष्मी गिरीकी छोरी हुन् ।

बालिकाको हत्या आरोपमा प्रहरीले अनुसन्धानका लागि एक भारतीय नागरिकलाई गिरफ्तार गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal