एमाले बनायो विधान संशोधन गर्न कार्यदल
काठमाडौं । नेकपा एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया अघि बढाएको छ । त्यसका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।
बिहीबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार कार्यदलमा भट्टराईसहित शेरबहादुर तामाङ, विमला राई पौडेल र अर्का एकजना रहेका छन् । रातोपाटी