
शंकर प्रसाद पोख्रेल ,रुपन्देही, तिलोत्तमा
श्री दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा एक शंकरनगर रुपन्देहीले एक दिने आधारभुत सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ।
कार्यक्रममा सय जना सेयर सदस्यहरुको सहभागीता रहेको थियो।
सहभागीहरुलाइ राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश बुटवल शाखा प्रमुख नारायण बेल्बासेले प्रशिक्षण दिनुभएको थियो।
तालिम कार्यक्रमको मुख्य अतिथि तिलोत्तमा नगरपालिका वार्ड नं १ का अध्यक्ष फर्सुराम गिरिको रहेको थियो।
आधारभुत सहकारी शिक्षा तालिम कार्यक्रमको अध्यक्षता संस्थाका कार्यसमिती सदस्य ,शिक्षा तथा सेयर वृद्धि उपसमितिका संयोजक कृष्ण प्रसाद कंडेलले गर्नुभएको थियो।
संचालन संस्थाको सचीव ललिता क्षेत्रीले गर्नुभएको थियो।
कार्यक्रम को मुख्य उदेश्य सेयर सदस्यहरुलाइ सहकारी सम्बन्धी नितिगत विषयमा जानकारी गराउनु रहेको थियो।
प्रशिक्षण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि फर्सुराम गिरि,संस्थाका अध्यक्ष हुमनाथ पान्डेले मन्तव्य राख्नुभएको थियो , सहभागीको तर्फदेखी अम्बिका कंडेल रुपा ज्ञवाली भट्टराईले पनि मन्तव्य राख्दै कार्यक्रम अत्यन्तै फलदायी भएको बिचार व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष कृष्ण प्रसाद कंडेलले कार्यक्रम बारेमा उपस्थिति सम्पूर्णलाई कार्यक्रमको उदेश्य बारे पस्ट पार्नुभएको थियो।