शनिबार, साउन १२, २०८१

गुल्मीको कालीगण्डकीमा राष्ट्रिय जनमोर्चाको बृहत जनसभा सम्पन्न

शंकर प्रसाद पोख्रेल
गुल्मी तम्घास
राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउंपालिकाको आयोजनामा गाउंपालिकाको केन्द्र पुर्तिघाटमा बृहत जनसभा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अथिती बाट बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसिले जनताले अरु पार्टीलाई हेरेको अब राष्ट्रिय जनमोर्चालाई हेर्न आग्रह गर्नुभयो, केसिले ओलिले संसद विघटन गंभिर गल्ती गरेको बताउंदै अदालतले अघिपछि जे गरेनि यसपटक जनताको पक्षमा फैसला गरेको बताउनुभयो ,साथै उहाँले देशमा संघीयता घाँडो भएकोले त्यसलाई खारेज गर्न जनताहरु सडकमा उत्रिनुपर्ने बताउनुभयो,कार्यक्रम बोल्दै उहाँले एमसिसि संझौता राष्ट्रघाती भएकोले त्यसको खारेज हुनुपर्ने माग गर्नुभयो,त्यसगरी केसिले ,संसद पुनस्र्थापना हुनु राम्रो भएपनी अब बन्ने सरकारमा संसदको खरिदबिक्री देखि राष्ट्रघाती संझौता हुनसक्ने तर्फ उल्लेख गर्दै जनताहरुले तिनिहरुको गतिविधिलाई खबरदारी गर्नुपर्ने बताउनुभयो।

पुर्तिघाट बजारमा हजारौंको जुलुस सहित सुरु भएको कार्यक्रम गाउँपालिकाको केन्द्रमा गएर जनसभामा परिणत भएको थियो, जनसभाको अध्यक्षता गंगा केसिले गर्नुभएको थियो भने संचालन लेखान्त पुनले र स्वागत भासण घनस्याम ढकालले गर्नुभएको थियो।

कार्यक्रममा बीच बिचमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय कलाकार हेमराज आश्रम लगायत जिल्ला का टोलिले जसिलो गित र निर्त्य प्रस्तुत गरेका थिए,त्यसैगरि उक्ता कार्यक्रममा मन्तब्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापा ,मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य राम कुमार क्षेत्री ,राष्ट्रिय जनमोर्चाका जिल्ला सचीव छबिलाल सर्तुङ्गी नेकपा मसाल गुल्मिका प्रबक्ता ओमेन्द्र कुंवर,हुनुहुन्थ्यो त्यसै अथितिहरुमा राष्ट्रिय जनमोर्चा गुल्मिका अध्यक्ष जीवन राना ,राजमो पर्बत जिल्ला जिल्ला अध्यक्ष गोबिन्द पौडेल ,राजमो जिल्ला सदस्य हरि न्यौपाने ,जनजाति जिल्ला अध्यक्ष गुमान सिंह पुन, युबक संघ जिल्ला अध्यक्ष खिम बहादुर बुचा, राजमो जिल्ला सदस्य पुन बहादुर थापा,युगदर्सन संबादाता संकर प्रसाद पोख्रेल , रक्तिमको उषा थापा,जनप्रतिनिधि मिरा थापा,क्षितिज क्षेत्री ,राजमो सत्यबतिका मित्रलाल तरामु,युबक संघ कालीगण्डकीका मेघराज राजमो गुल्मी जिल्ला कोसाधाक्ष्य टेक बहादुर केसि, सर्माको अथित्या रहेको थियो।

साेहि अवसरमा राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउपाकिकाको कार्यलय उद्घाटन गरिएको छ राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसि ले रिबन काटेर कार्यलयको उद्घाटन गर्नुभएको थियो। कार्यलय उद्घाटनमा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तारा थापा जिल्ला अध्यक्ष जीवन राना, राजमो केन्द्रीय प्रतिनिधि रामकुमार क्षेत्रीको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal