शनिबार, साउन १२, २०८१

भारतीय सिनेमा काठमाडौंमा आजदेखी चलाउन न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाएको छ ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले आजदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने महानगरपालिकाले जनााएको छ ।

यसअघि महानगरका मेयर बालेन शाहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए । कामकपा मेयर बालेन शाहले आजदेखि महानगरका सिनेमा हलमा हिन्दी सिनेमा चल्न नदिने जानकारी दिएका छन् ।

नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने भन्दै मेयर बालेनले भारतीय सिनेमा चल्न नदिने स्पष्ट पारेका छन् । “नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।”

काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको भनाइ छ । त्यसैले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबार (आज)देखि निषेध गरिएको उनले भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal