शनिबार, साउन १२, २०८१

कोरोना त्रासले स्वदेश फर्किने नेपालीको लाइन

धनगढी, १३ चैत । गुजाराका लागि भारत पसेका नेपालीहरु कोरोना भाइरसको त्रासले स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि त्यहाँ गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका हुन ।

भारतबाट फर्किने नेपालीको अहिले गौरीफन्टा नाकामा लर्को नै लाग्ने गरेको छ । केही महिना अगाडि कोरोना महामारीकाबीच यताबाट भारत जानेको भीडभाड थियो । अहिले उताबाट फर्किनेको लर्को लागेको छ ।

कोरोनाको खतरा पुनः बढेको र चैते अष्टमी, बिसु जस्ता पर्व आएकाले स्वदेश फर्केको भारतबाट फर्किने कामदारहरुले बताउनुभएको छ । ‘भारतमा कोरोनाको फेरि त्रास बढेपछि घर फर्के’, कैलालीको गोदावरी नगरपालिका–११ का हर्के भुलले भन्नुभयो । ‘म बसेको ठाउँमा धेरै सङ्क्रमण छैन । तर, चाडपर्व पनि आएको र नाका फेरि बन्द हुने डरले घर फर्किएँ ।’

उहाँले कोरोना महामारी अलि कम भएको बेला भारतको दिल्ली पुगेर केही महिना काम गरेको सुनाउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal