शनिबार, साउन १२, २०८१

रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटानको अध्यक्षमा घिमिरे

बुटबल। रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटानको अध्यक्षमा कृष्ण प्रसाद घिमिरे  निर्वाचित हुनुभएको छ ।
२१ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष सौरभ भुषालले वर्ष २०२३–२४ का अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई पद हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रम बर्ष २०२२-०२३  का अध्यक्ष सौरभ भुषाल  र वर्ष २०२३-२४  का अध्यक्ष कृष्ण प्रसाद घिमिरेको संयुक्त अध्यक्षता, तथा प्रहरी उपनिरीक्षक कृष्ण प्रसाइ को प्रमुख आतिथ्यता लगायत रोट्रयाक्ट डिष्ट्रक र रोटरी क्लवका अध्यक्ष तथा पूर्ब अध्यक्षहरुको बिशेष अतिथ्यतामा भएको हो ।

कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष सौरभ भुषालले  बर्षभरि गरेका कार्यप्रगति एवम साामजिक कामबारे जानकारी गराउँदै  क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो  । कार्यक्रममा पद भार ग्रहण गदै वर्ष २०२३-२४  अध्यक्ष कृष्ण प्रसाद घिमिरेले निवर्तमान अध्यक्ष ले अगाडी सारेका नया प्रोजेटलाई निरन्तरता दिदै यो बर्ष केहि नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिबद्धता ब्यक्त गनु भएको थियो  ।
कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा ब्याबस्थापन कार्यलय बुटबलका प्रमुख प्रहरी उपनिरीक्षक  कृष्ण प्रसाईं ले रोट्रयाक्ट क्लब अफ बुटबल डाउनटाउनले सामाजिक क्षेत्रमा खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । सडक दुर्घटना र न्युनिकरणको लागि रोटयाक्ट सग सगै  सहकार्य गरि यो अभियान लाग्ने प्रतिबद्धता ब्यक्त गनुभयो यो अभियानमा साथ दिन सबैलाई आग्रह समेत गनुभयो ।  सडक दुघटनामा दैनिक धेरै मान्छेहरुले ज्यान गुमाउने भएकाले यसको रोकथाको र नियन्त्रण गर्न  सचेतनाका कार्यक्रमहरु सन्चालन गनु पर्ने बताउनु भयो ।

कार्यक्रममा रोटरी क्लब बुटबल डाउनटाउन अध्यक्ष कमला हमाल,रोटरी डिष्ट्रक अफिसर एजाज आलम ,रोटयाक्ट डिष्ट्रीक  बर्ष 2023/24 इलेक्ट डि आर आर विक्रम क्षेत्री लगायतले मन्तव्य राखेका थिय   जस्मा करिब २५० जनाको सहभागिता मा कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षयता तथा सचिब सन्जीव सुनारको सन्चालनमा सम्पन्न भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal