मङ्लबार, असार १२, २०८१

लघुकथा : निर्दहि माेवाइल !

रबि पौडेल
मलाई बिदेश जानू थियाे ।म केही कागजात हरु लिएर काठमाडौ जादै थिए ।लम्किचाैर मा विपरीत दिशा बाट अाएकाे बसले मलाई हान्याे ।मेराे माेटरसाइकल उछिट्टिएर पर चकनाचुर भयाे ।मेराे दुवै खुट्टा मा चाेट लाग्याे ! एउटा खुट्टा पुरै भाँचिएको थियाे ।वरपर सवारि साधन हरु गुडिरहे ! म एक्सिडेन्ट् भएको ठाउमा एक हुल मानिस जम्मा भए ।कतिले मलाई हेरिरहे कतिले मेराे फाेटाे खिचे ! कतिले भिडियो बनाए ! मैले सहयोग काे याचना गर्दै तड्पिरहे ! न त मलाई ती मानिस हरु ले चिने ! न त निर्दहि मुवाईल ले चिन्न सक्याे ।मानिस त निर्दहि हुन्छन भन्ने सुनेको थिए ! तर माेवाईल पनि निर्दहि हुन्छ भन्ने मलाई थाहा थिएन ! माेवाइल ले स्पष्ट देख्न सक्थ्यो मेराे रगतले सडक कति भिजेको छ ! माेवाईलकाे भिडियो बाट थाहा हुन्थ्याे मेराे चीत्कार र मेराे दुखाई कति थियाे भनेर ! कति निर्दहि र पापि रहेछ माेवाईल ! घण्टाै भयाे मलाई कसैले उपचार गर्न सहयोग गरेनन ! मेराे शरिरकाे रगत लगातार बगिरहेको थियाे ! तर पनि मानिस हरु हेरिरहे ,माेवाईल ले फाेटाे खिचिरह्याे ,भिडियो बनाइरह्याे ! तर हस्पिटल लैजाने ,उपचार गराउने अथबा दुर्घटनामा सहयोग र र उद्दार गर्नुपर्छ भन्ने कसैको मनाेभावना मा पनि रहेन ! दुर्घटना लाई रमिता काे रुपमा हेर्ने मानिस र कुरुप माेवाईल कति निर्दयी हुन ! न त मानिस सँग नै भावना थियाे ! न माेवाईल ले नै भावना देखायाे ।यस्ता दानव रुपि मानव काे हातमा लिएको माेवाईल निर्दहि हुदाे रहेछ ।

धेरै ढिला गरि पाेलिस अाए ।पहिले उद्दार गरेर उपचार तर्फ लाग्नुपर्ने मा पहिले मुचुल्का बनाउन लागे ! प्रहरी काे पनि माेवाइल कै जस्तो बुद्धि रहेछ !

धेरै ढिला मलाई हस्पिटल पुर्याईयाे ।त्यो हस्पिटल ले उपचार गर्न नसक्ने भन्दै अनेत्र रिफर गरिदियाे ! बिच बाटो सम्म म वाेल्दै थिए ! जब उपचार गन्तव्य अायाे तब सम्म मैले संसार छाेडेकाे थिए ! पापि मानिस र।निर्दयी माेवाइल काे कारण अाज मेरा सबै सपनाहरू चकनाचुर भए ।मेराे परिवार म विना कति तड्पिएकाे हाेला !

मिति :११ अगस्त २०२३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?