बुटवल, असार ७ गते । रुपन्देहीको बुटवलमा मासुका लागि प्रयोग हुने बाख्रहरु सप्लाई तथा विक्री गर्ने गिरोह फेला परेको छ । बाख्रा विक्री गर्ने गिरोह फेलापरेपछि बोका,,खशीको मासु भनेर बुटवलका कैयौ मासुपसलहरुबाट बाख्रीको मासु विक्री हुन्छ भन्ने सप्रमाण फेला परेको हो ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसीले मासुका लागि बुटवलका विभिन्न मासु पसलहरुमा बाख्रा वितरण गर्ने एक गिरोहलाई बिहीबार रंगेहात फेला पारेका हुन् ।।
बिहीबार मात्रै बुटवलका मासु पसलहरुमा सप्ललाई गर्नका लागि गाडीबाट झारेर सम्बन्धित पसलमा लैजानेक्रममा १३ वटा बाख्रा फेला पारिएको उपभोत्तब्mा हित संरक्षण मञ्च बुटवलका अध्यक्ष जीसीले बताए ।

बुटवलको पुरानो बसपार्कमा मासुका लागि विक्र िगर्न हिडालेका व्याक्तिसहित बाख्रा फेला पारिएको हो ।बाख्रा सप्लाई गर्न हिडेका मानिसले आफ्नो नाम खुलाउन नमानेको र कपिलवस्तुको चन्द्रटौमा बजार लाग्दाको दिन कम्तीमा पनि एक सय वटा वाख्रा बुटवलका धेरैजसो मासु पसलहरुमा दिने गरिएको जानकारी गराएको समुन्द्र जीसीले बताए ।

बुटवलका अधिकांस मासु पसलहरुबाट बोका खोशीको भनेर बाख्राको मासु वेचिन्छ भन्ने सप्रमाण फेला परेको छ ।
केही महिला अघिदेखि बुटवल क्षेत्रमा बुटवल उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्च र सम्बन्धित सरकारी निकायले अनुगमन गरिरहेका छन् ।