
धुर्ब गिरी
बती बालीरहे उज्यालो दिइरहे
मान्छेका पाना पल्टाइरहे पाना पढीरहे
नयाँ कुरा के आउँछ हरेक माध्यममा आँखा डुलाइरहे
मेसिनले औजार निर्माण गरेजस्तो मानव औजार निर्माण गरिरहे
आफ्नै सन्तानको भोको पेट र नाङो शरीरमा आदर्श छाटीरहे
आमा बुबाका सपना नैतिकता नै धन भन्दै थम्थमाइरहे
भौतिक सुबिधा चाहिदैन भनी भावनामा रमाइरहे
कस्तो अचम्म छ उज्यालो दिदा बतीमुनी अँध्यारो हुन्छ
यस्तै भनेर चित बुझाइरहे
कस्तो मेरो पेसा राज्यको अपमान सहिरहे
बालकका तोते बोलीमा निखारता ल्याउन
आन्तरिक प्रतिभा प्रस्फुटन गरि क्षमता पहिचान गर्न
प्रत्येकको आँखा र अनुहारका भाव पढ्न
सबैको समस्या पहिचान गरि समाधान पहिल्याउन
दिनमा मात्रै होइन कती रात खर्च गरे निकास ल्याउन
कसैको पीडामा आँसु पुच्दा पुच्दै नभ्याएर आँसु बगाउन
कसैको भोकमा साझेदारी गर्न खल्तीको मोहोर खर्च गर्न
मैले मानवता र उपकारिताका तम्सिरहे खालिठाउ भर्न भ्रस्टाचार , तस्कर र अपमान नगरि सके रुन दुखमा
आत्मसन्तुष्टि छ तर आकर्षक छैन मेरो पेसा।। कस्तो मेरो पेसा
समकालीन समाजको बारेमा सहजीकरण गर्दै गर्दा
यथार्थ बोल्नैपर्छ बोल्छु कसैको अनाहक तारो बन्छु यसो गर्दा
राजनीति मुल नीति हो राम्रो भए सबै पक्ष राम्रो हुन्छ भन्दै गर्दा
राजनीति गर्छ्स लुरे मास्टर भनेर तिमीले हेपेको देख्दा
भित्र भित्र रिसले आगो बनेपनी सम्हालिन्छु तिम्रो हैसियत यत्ति देख्दा
म त समयको वेगसङ पाइला मिलाउन उद्द्त भएको बेला
हुदैन फुर्सद ताइनतुइका बकमफुसे सुन्न तिम्रा कुरा
निरिह सोच , बुझअक्कड सोच तिमी सङ जे छ त्यही सोच
म त आफनै ध्याउन्न्मा रहेको हुन्छु तिम्रो नजरमा हेपिएको पेसा ।।।
किन्नेले लाउन पाउन्न लाउनेले पाउन्न देख्न भन्ने झै कुरा
म हिड्ने कानुनी बाटो म बिना तयार ५० औ बर्षमा
नेपालको होइन शिक्षा विद्यालय शिक्षा ऐना पो हेरेर फोरौला
स्वाभिमान गिर्छ त्यो कानुनले भने हासेर ज्यान दिउला
जन्मदा रोयौ स्वाभिमानमा बाचौ त्यो बन्धन फालौला
बालकका इच्छा छातीमा साची हातेमालो गर्दै आन्दोलनमा लागौला
रहर त होइन बाध्यता पर्यो स्कुल छोडी सडकमा आउनलाई
छोड्नुनी हुन्न घाँटी जोडेर आन्दोलन तुहाउनेलाई
अधारो होइन हाताकोहात सुधार गरि त्यो हाम्रो ऐनलाई
उचाइमा पुर्याई शिक्षक एकता सफल पारौ आन्दोलनलाई
नाक खुम्च्याउने होइन शिर उचो पार्ने बनाउ पेसालाई ।
२०८०/०५/३० गते राति