शनिबार, कार्तिक २३, २०८२

पंचायतकालिन आन्दोलनका योद्धा हिक्मतको निधन

झिमरुक प्युठान

नेकपा (मसाल)का सदस्य एवम् राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न.४ का अध्यक्ष हिक्मत सिंह खत्री क्षेत्री “दर्पण”को हिजो साँझ (असोज १० गते) राती ७४ वर्षको उमेरमा असमायीक निधन भएको छ ।

आज विहान गर्तङ्ग खोलामा भएको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उहाँको पार्थिव सरिरमा नेकपा (मसाल)का लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सि.ले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो । त्यसैगरी राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेलले राष्ट्रिय जनमोर्चाको झण्डा ओडाउनु भएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा अखिल नेपाल किसान संघका सचिव विरवहादुर जि.सि., अखिल (छैठौं)को महासचिव सुवाश जि.सि., राजमो जिल्ला सल्लाहकार तथा झिमरुक अध्यक्ष टीका जि.सि., वडा न.४ का अध्यक्ष सिताराम पोख्रेल, राजमो झिमरुकका सल्लाहकार सिद्दिमान जि.सि., नेपाली काङ्ग्रेसका दानवहादुर जि.सि., नेकपा (एमाले)का चन्द्रमणी खनाल, नेकपा माओवादी केन्द्रका प्रेम पुन, अनेसिसंघका थानेश्वर पन्थी, नेशिसंघका जगत के.सि., अनेयुसंघका लिमान सिंह जि.सि. लगाएतका स्थानीयको सहभागीता रहेको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रवक्ता तिलक जि.सि. ले हिक्मत पार्टीको अत्यन्तै सरल र सादा नेता भएको वताउनुभयो । उहाँले भन्नुभयो ” उहाँ पार्टीप्रती अत्यन्तै प्रतिवद्द हुनुहुन्थ्यो । उहाँ पन्चायत आन्दोलनको महत्त्वपूर्ण योद्धा हुनुहुन्थ्यो । उहाँको पार्टी, समाज र देशमा प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भुमिका रह्यो । उहाँको निधनले पार्टीलाई अपुरणिय क्षेती भएको छ ।”

२००६ साल कार्तिक २३ गते प्युठानको बाङ्गेमरोठमा जन्मनु भएका क्षेत्रीले फरिदावादमा अखिल भारत नेपाली एकता समाजवाट कम्युनिष्ट आन्दोलनमा सहभागी हुनुभएको थियो । २०४६ सालमा नेपाल फर्केर उहाँले पन्चायत विरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । पन्चायत विरुद्धको आन्दोलनमा तत्कालीन सरकारले निर्घात यातना दिएका हिक्मत त्यति वेला देखि नै मेरुदण्डको विमारी हुनुहुन्थ्यो । हाल उहाँ मेरुदण्डको क्यान्सरवाट पिडित हुनुहुन्थ्यो ।

उहाँ अखिल नेपाल किसान संघको प्युठान जिल्ला अध्यक्ष पनि हुनुभएको थियो । उहाँको श्रीमती, ३ छोरा र २ छोरी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?