
तारा सोमरे
आजको विषय शिक्षा शीत संबंधित भएको हुँदा केहि महान शिक्षाविद्हरुको विचार सहित अगाडी बढाउने छु।
“शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो,जसलाई चलाई तिमी संसार बदल्न सक्छौं।”-नेल्सन मण्डेला
शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो।जस अन्तर्गत व्याक्तिको बौद्धिक ,शारीरिक ,सामाजिक ,आर्थिक,भौतिक,नैतिक आदि सम्पुर्ण पक्ष को वा व्याक्तिको सर्वाङगिण विकास गराउनु नै शिक्षा हो।
हाम्रो देश प्राकृतिक रुपमा सुन्दरताले झकमक्क भएपनी विकासको तुलनामा अत्यन्तै पछाडी नै मानिन्छ।भौगोलिक विकासको साथ बसोबास गर्ने मानिसकोहरुको मानसिकता झन कमजोर स्थितिमा पार्न बनाइएका नितिहरुले ठूलो भुमिका खेलेको छ।
मानिसको व्याक्तिगत जीवन वा सामाजिक जिवनलाई रुपान्तरण गर्नको लागि शिक्षा सबैभन्दा ठूलो हतियार हो।तर हाम्रो देशको शिक्षा नीति अत्यन्तै कमजोर र मानिसको जिवनसित जोडिएको भन्दापनी व्याक्तिगत पुंजिसित जोडिएको स्वार्थको लागि मात्र गरिने व्यावसायिक मात्र हो।
प्रारम्भिक शिक्षा शहरमा र उच्च शिक्षा विदेशमा अध्यन गर्नुपर्ने मुख्य कारण भनेको शिक्षानिती माथी गरिएको व्यावसायिकरण जिम्मेवार हो। आज गाउँका अधिकांश बस्तिहरु बालबालिकाहरुलाई शिक्षा ग्रहण गराउने भनी खाली भएका छन् ।कारण शिक्षामा बिशेष प्रकार गुणस्तरीय सुविधा भन्दापनी शिक्षाको नाममा ठगने दलालहरुको व्यापारको लागि गरिने प्रचारप्रसार अर्को परिवारद्दारा वैदेशिक रोजगारीमा खुन पसिना बगाएर अर्जित गरेको पैसाको दुरुपयोग गर्ने निम्न स्तरको मानसिकता हो।
गाउँ देखि शहर बसेर दिने शिक्षाको कारण उच्चस्तरीय मानसिकताको विकास भन्दापनी अभिभावकद्दारा बालबालिकालाई घरमा ग्रहण गराउने व्यावहारिक शिक्षा शारीरिक रुपमा गर्ने परिश्रम मुख्य हो।उक्त दुवै प्रकार का शिक्षादेखी बन्चित भएको पाईन्छ,अधिकांश अभिभावक बच्चाहरुको शिक्षालाई स्कुलकै भर पर्नुहुन्छ।पहिलो पहाड देखि शहर आउने अभिभावकमा उच्च प्रकारको शिक्षा हुँदैन दोस्रो केही मात्रामा सहयोग पुर्याउने भएपनी समय सामाजिक संजालमा लगाईदिनु हुन्छ।
बालबालिकाहरुमा अभिभावक बाँट पाउने सहयोग नमिलेपछी र परिश्रमको लागि सरसाधन उपलब्ध नभएपछि खाली समय व्यापित गर्ने भनेको मोबाईल हो।यसले गर्दा औसतन बच्चाहरु उच्च शिक्षाको लागि कलेज स्तरमा पुग्दछन।अधिकतम मंजदुरिको लागि बिदेश पलायन हुने वा हिंसात्मक गतिविधिमा लाग्ने सानै उमेरमा नशाको प्रयोग गर्ने।र अभिभावकहरुको विपरीत कार्यमा संगलन भएको पाईन्छ।
औसतन बच्चाहरु कलेज स्तरमा प्रवेश गरे लगत्तै देशको शिक्षानितिको कमजोरी को कारण बिदेश शिक्षा ग्रहण गर्ने र उहिँ बसिरहेका छन् ।थोरै मात्रामा देशको परिस्थितिलाई सुधार गर्नको लागि संघ्रहस गरिरहेका छन् ।
आज गाउँघरलाई खाली गरेर वृद्ध अवस्थामा पुग्नुभएका बबाआमालाई छोडेर बालबालिकाको शिक्षाको नाउँमा भएका भिरपखेरालाई अलपत्र अवस्थामा पारेर शहर भित्र पलायन हुनुभएका दाजुभाइ ,दिदिबहिनीहरुले एउटा् कुरा राम्रोसँग के बुझ्नुपर्छ भने जबसम्म देशको शिक्षानिती गुणस्तरीय हुँदैन गाउँ बस्नु वा शहर पस्नु समान हो।तपाईंहरु गाउँ मै बसेर इमानदारी पुर्वक बालबालिकाको शिक्षाप्रत्ती सुधारका बिषयहरुको माग गर्नु होस् ।
शहरमा पाउने सुबिधा गाउँमै मिल्नु पर्छ भन्ने चिन्तन सहित अगाडी बढ्नु भयो भने समय,पैसा,परिवारको नोक्सानी बाँट वचन र बचाउन सक्नुहुनेछ।शिक्षाको व्यावसायिकलाई बन्द गर्दै आम मानिसकोलागी शिक्षा अत्यन्तै आवश्यक र यसको जिम्मा नेतृत्व गर्ने स्थानीय देखि केन्द्रसम्मका जनप्रतिनिधिहरुको हो।शिक्षा नितिलाई सुधार गर्नु भनेको तपाई हाम्रो जीवन सुधारको साथ कैयो पलायनहरुलाई रोक्नुको साथ राष्ट्र र राष्ट्रियताको विकास संगै विश्वभरी परिचय गराउनु हो।साथै खाली भएका गाउँघर अनावश्यक रुपमा उपयोग भएको समय पारिवारिक खुशिको साथमा बालबालिकाको जीवन स्तर सुधार गर्नु हो।
उक्त सुधार शिक्षाको स्तर केन्द्र सरकार देखि एउटा उच्च प्रकारको नीति बनाउन आवश्यकता छ,भने स्थानीय तह भित्र पर्ने स्कुलहरुमा कक्षा आठ देखि माथिका बालबालिकाहरुलाई भौतिक रुपमा परिश्रम गराउने र कार्य अनुसारको आर्थिक उपलब्ध गराउने आउने दिनहरुमा आर्थिककै कारण पढाई बिचमा छोडेर बिदेश पलायन हुन बाध्यता नपरोस् ।
कैयो तालिमहरु महिला वा पुरुषहरुलाई दिदै आएका छौं त्यहीँ तालिम बिद्यार्थीहरुलाई उपलब्ध गराउने नीति लागुहुन्छ भने उनिहरु परनिर्भरतामा शिक्षा ग्रहण गर्नु भन्दा आफुलाई आवश्यकता अनुसारको खर्छ सहित आत्मनिर्भरताको लागि सकारात्मक मानसिकता सहित अगाडी बढ्ने छन् ।
शहरी क्षेत्रमा गएर मोबाइलको प्रयोग बाँट फैलाईएको समाजिक विकृति पारिवारिक सम्बन्ध देखि टाढा ,बच्चार अभिभावक बिचको दुरिलाई समाप्तगर्नको लागि र मानव समाजमा भएका केही नकारात्मक गतिविधिहरुलाई रोक्न महत्त्वपूर्ण भुमिका खेल्ने छ।











