बिहिबार, भदौ २६, २०८२

बागलुङको तंग्राममा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न

झिमरुक संवाददाता ,बागलुङ

मिति २०८०असोज २० गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत काठेखाेला गाउँपालिका वडा न ४ तंग्राम बागलुङमा प्रशिक्षण भेला राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाकाे प्रमुख अातित्थ्यतामा सम्पन्न भएको छ । प्रशिक्षण भेलामा प्रमुख अथिति राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाले मुलुककाे ब्यापार घाटा बढेर २१ खर्ब पुगेको र याे बढ्दो क्रममा रहेकाे छ । याे संघीयताको दुष्परिणाम भएको बताउदै अब देशले संघीयता थेग्न नसक्ने भएकोले संघीयता खारेजी का लागि सबै एक हुनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा राष्ट्रिय जनमाेर्चा जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङकाे उपाध्यक्ष अाेम बहादुर पुन लगायतको प्रशिक्षण मन्तव्य दिनुभएको थियोे । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य थमन पुन, अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुन लगायतका अातित्थ्यता रहेको थियोे ।

कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णु कडेलकाे अध्यक्षता, सचिव थिर बहादुर राना स्वागत र जिल्ला सदस्य टीका संगम बिककाे सञ्चालनमा सम्पन्न भएको थियोे । प्रशिक्षण भेलाले साबिक वडा स्तरीय टाेल भेला, सदस्यता बितरण गर्ने निर्णय गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?