
शंकर प्रसाद पोख्रेल सियारी ,रुपन्देही
राष्ट्रिय जनमोर्चाको पार्टीलाई जनताहरु समक्ष रुपान्तरण गर्ने केन्द्रिय तीन स अभियान अंतरगत रुपन्देही जिल्लाको सियारी र सुध्दोधन गाउंपालिकामा संयुक्त राजनीतिक प्रशिक्षण तथा भेला सम्पन्न भएको छ।
भेलाको उद्घाटन तथा कार्यक्रमका प्रमुख अथिती राष्ट्रिय जनमोर्चा जिल्ला सचिब कृष्ण प्रसाद पोख्रेलले गर्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका सचिबालय सदस्य दुर्गानाथ खरेल किसान संघ केन्द्रिय सदस्य रुक बहादुर पराजुली ,नेकपा मसाल रुपन्देही जिल्ला प्रबक्ता लाल चन्द पन्थ,राजमो जिल्ला सदस्य लिलारम खनाल विद्यार्थीको तर्फदेखी बिनिता पौडेल बिसाल पौडेल लगायतको अथित्या रहेको थियो ।
भेलाले विशाल पौडेलको अध्यक्षतमा सुध्दोधन गाउपाकी स्तरीय राजमोको समिति बनेको छ जस्को उपाध्यक्षमा लिला बहादुर घिमिरे सचिब दुर्गा बहादुर कुंवर, कोसाधक्ष्य तेजेन्द्र मल्ल सदस्य बावुराम गोसाइ,रन बहादुर गौतम,बिनिता पौ्,नरेन्द्र सिंह खड्का रहेको समिति बनेको छ।
त्यसैगरि मान बहादुर नेपालीको अध्यक्षतमा राजमो सियारी गाउपालिका स्तरीय समिति निर्माण भएको छ जस्को उपाध्यक्षमा याम बहादुर अर्सिज,सचीव खगेस्वर गिरि कोसाधक्ष्य सिवराज गिरि,टीका गिरि ,मोहन गिरि, कृष्ण नेपाली ,शंकर पौडेल रहेको समिति निर्माण भएको छ।
कार्यक्रमको संचालन खगेस्वर गिरि र अध्यक्षता लिलाराम घिमिरेले गर्नुभएको थियो।