
कार्यक्रममा प्रमुख अतिथी समाजसेवी यान प्रसाद अधिकारी , बिषेश अतिथी नेपाली हर्ट ग्रुप केन्द्रिय उपाध्यक्ष कलाकार गोविन्द थापा , विशिष्ट अतिथी समाजसेवी रमेश भुसाल , कार्यक्रमका सभापति म कृष्ण के सी ,अन्य उपस्थित अतिथीहरु केन्द्रीय सदस्य पिताम्बर पोखरेल , केन्द्रिय कोषाध्यक्ष रश्मी आले , काठमाडौ कार्यसमिती कोषाध्यक्ष शैलेन्द्र खनाल , कार्य समिती सदस्य कृष्णा कार्की , उपाध्यक्ष रचना थापा , सदस्य कोपिला प्रसाई , सदस्य शुशिला पाठक , सह सचिव रमेश शर्मा लम्साल , सदस्य पदमलाल भुसालको उपस्थिती रहेको थियो ।कार्यक्रम संचालन नेपाली हर्ट ग्रुपको काठमाडौ सचिव उत्तमराज लामाले गरेका थिए।
उपचारको लागी पाल्पा निवासी हाल दुबई बस्ने रमेश बस्याल, सुमित्रा + जिवनराजा अमेरिका बाट , अनुशर्मा हाल दुबई बाट , कृष्ण के सी काठमाडौ बाट , रमा बस्याल बुटवलबाट , रश्मी आले काठमाडौ बाट , ज्ञानी तुलाचन पोखरा बाट , तुलसी ढकाल चितवन बाट , एलोन क्षेत्री सोलुखुम्बु बाट , लक्ष्मण तामाङ कतार बाट रु पाँच हजार रुपैया र सो भन्दा माथी सहयोग गर्नु भएको थियो भने अन्य देश तथा विदेशमा रहनुहुने मनकारी व्यक्तीहरु ले आर्थिक रकम सहयोग गरेकाथिए। यो नेपाली हर्ट ग्रुपको १०१ औ सहयोग कार्यक्रम रहेको थियो।