बिहिबार, भदौ २६, २०८२

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलियो

काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् ।

यस अघि प्रसाईँले होटल एल्लो पगोडामा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो ।

प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि गाली गलौज गरेका थिए । प्रसाईँ विगत केही समयदेखि अराजक शैलीमा प्रस्तुत हुँदै आएका थिए ।

कालोसोसो दलेपछि ती व्यक्तिहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद लगायतको नारा लगाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?