बिहिबार, भदौ २६, २०८२

भारतको चेन्नैमा एक नेपाली काे मृत्यु

लाेकेन्द्र पाैडेल दक्षिण भारत
दिनाङ्क १२ अक्टाेवर २०२३ का दिन बाग्लुङ जिल्ला जैमिनी नगरपालीका
जिल्ला वडा नं ७ कुईदाङ नेपाल घरभई हाल श्रीप्रेबदुर स्थित एस.बि.ए.कम्पनीमा बिगत४ महिना देखी सेक्युरिटी गार्डमा कार्यरत
गुन बहादुर घर्ती को छोरा
बर्ष ५६ का डम्बर बहादुर घर्ति ११ अक्टोबर २०२३का दिन आफ्नो डिउटीमा रहनुभयको अवस्थामा करीव वेलुका ७:३० बजेकाे समयमा
अचानक नाक बाट रगत बगी रिगाटा लागि भुईमा लड्नु भएकाे अबस्थामा साेही कंपनिमा काम गर्ने
मानिसले देखि पछी तत्काल कंपनिकाे मालीक लाई जानाकारि गराई प्राईभेट अस्पतालमा पुर्याईसके पछि प्राईभेट अस्पतालले छिटाे भन्दा छिटाे सरकारि अस्पताल लैजाने सल्लाह दिए बमोजिम सरकारी अस्पतालमा पुर्याउदा डाक्टर द्वारा मृतक घाेषणा गरेकाे भन्ने खवर प्राप्त हुनासाथ उहाँका आफन्तजन कंपनीका स्टाप र मुल प्रवाह अखिल भारत नेपाली एकता समाजकाे पहलमा कंपनि मालीक संग छलफल गरि मृतकलाई क्षतिपूर्ति दिने समझदारीमा पुलीस प्रशासन लगाएत पाेष्टमार्टम काे कार्य सम्पन्न गरि मृतककाे श्रीप्रेबदुर स्थित स्मशानघाटमा दाहाशंकार गरिएकाे छ । उहाँकाे दाहाशंकारमा उपस्थित हुनेहरुमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय काेषाध्यक्ष मदन शर्मा , मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य काशिराम शर्मा, क्षेत्रीय प्रतिनिधि उमानन्द चालीसे,आफन्तजन र कंपनि मालीक तथा मेनेजर रहनु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?