बिहिबार, भदौ २६, २०८२ | Thursday 11th September 2025
मोदि नेपाली भुमी कालापानीमा आउनु राष्ट्रियतामाथी ठाडो हस्तक्षेप हो: केसी
झिमरुक पोस्ट
शुक्रबार, अशोज २६, २०८०
शङ्करप्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले नेपाल सरकारलाई जानकारी नगराई नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री मोदी आउँदा नेपाल सरकाले चूँसम्म नबोलेको टिप्पणी गर्नुभएको छ ।
मोदी कालापानी आएको विरोधमा रुपन्देहीको बुटवलमा राजमोद्वारा २०८० असोज २६ गते आयोजित विरोधसभामा बोल्दै केसीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
देशको राष्ट्रियतामाथि विदेशी शासकले बुट बजार्दा सरकार रमिते बनेर चूँसमेत नबोलेको भन्दै अध्यक्ष केसीले सरकारलाई कुर्ची जान्छ कि भन्ने भयले प्रभुसित नतमस्तक भएर लम्पसार पर्नु गलत भएको बताउनुभयो ।
शासकलाई नेपाली जनताले बराम्बार लुट्ने लाइसेन्स दिएकाले देशमा भ्रष्टाचार मौलाएको उहाँको आरोप थियो ।
‘सरकारसँग सही नीति नहुँदा देशमा युवाहरू खाली भएका छन्’ उहाँले भन्नुभयो– ‘देशमा बेसारसमेत भियतनामबाट आउन थालेको छ यता सरकारले युवाहरूलाई रोजगारी दिने नीति नल्याउदा नेपालको युवा जनशक्ति बाहिरिएको छ ।’
अर्को प्रसङ्गमा अध्यक्ष केसीले देशमा सङ्घीयता पूरै घाँडो भएको भन्दै तत्काल सङ्घीयता खारेज नगरे देश पूरै टाट पल्टिने बताउनुभयो ।
कार्यक्रममा राजमो उपाध्यक्ष दुर्गा पौडेलले भारतले नेपाललाई सिक्किम बनाउने योजनाका साथ काम गरेको भन्दै नेपाली जनता सचेत हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सल्लाहकार बद्रे आलमले देशमा भारतीय हस्तछेप बढेर गएकाले सम्पूर्ण नेपाली अस्तित्व रक्षाको लागि सडकमा आउन आह्वान गर्नुभयो ।
विरोधसभाको सञ्चालन राजमो नेता वासुदेव पोख्रेलले गर्नुभएको थियो ।