
जुमान सिंह के सी
असोज २७, प्युठान
नेपाली काङ्ग्रेसका सह- महामन्त्री जीवन परियारले पछिल्लो समय कोशी प्रदेशमा देखिएको घटनाले त्यहाको सरकार सर्वपक्षीय हुन सक्ने बताउनु भएको छ। उहाले भन्नु भयो तिहाको परिस्थिति अनुसार नमिल्नुको बिकल्प छैन।
नेपाल प्रेस युनियन जिल्ला शाखा प्युठानले शनिबार बाग्दुलामा गरेको पत्रकार भेटघाटमा सह-महामन्त्री परियारले गठबन्धन सरकार र काङ्ग्रेसबीचमा कुनै समस्या नआउने दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गोबिन्दराज पोख्रेलले कोशी प्रदेशले राजनीतिक दलहरूबीच सहकार्यको सन्देश दिने बताउनुभयो । लोकतान्त्रिक मुल्य र मान्यता अनुसार नै गठबन्धन भित्र सरकारको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिनिधि सभा सदस्य समेत रहेका नेता परियारले अहिलेको सरकार संविधानको रक्षा गर्न ऐन कानुन निर्माणमा जोड दिएको बताउनुभयो ।’मौलिक हक कार्यान्वयन गर्न ३ वर्ष भित्र सबै ऐन कानुन बनाउछौ भनेर संविधानमा लेखिएको छ,’ उहाँले भन्नुभयो,’यसअघि बनेका सरकारले कानुन निर्माण गर्न ध्यान दिएनन ।’ अहिलेको सरकार सबै ऐन कानुन बनाउन लागिपरेको उहाँको भनाई छ ।
सह-महामन्त्री परियारले महङ्गी नियन्त्रणमा सरकार चुकेको बताउनुभयो । महङ्गी नियन्त्रणका लागि पार्टीले सरकारलाई पटक पटक सुझाव दिएको उहाँले बताउनुभयो । भ्रष्टाचार मुद्दामा सरकारले निष्पक्ष अनुसन्धान हुनुपर्ने उहाँको भनाई छ ।
देशमा विभिन्न नाममा अराजकता हुँदै गइरहेको छ रास्ट्र राष्ट्रियताको सवालमा सबै एक हुनु पर्ने समेत उल्लेख गर्नु भयो।