
बंगलादेशमा मोदीको विरोधमा उत्रिएका १३ जनाको मृत्यु
‘प्रदर्शनकारीहरुले राजमार्गमा रहेको प्रहरी चौकीमा आक्रमण गरे । उनीहरुले जसलाई घेरा हालेर कम्तिमा ३५ प्रहरीलाई घाइते बनाएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो,’ प्रहरी प्रवक्ताले भनेका छन् ।
हिफाजतका समर्थक झन्डै ३ हजार प्रदर्शनकारीले राजमार्ग बन्द गरेको र प्रहरीलाई ढुुंगा र ईटाले हिर्काएको उनले जानकारी दिए ।
गृहमन्त्री असजुुद्दामान खानले प्रदर्शन नरोकिए थप कारबाही हुने धम्की दिएका छन् । ‘हाम्रो सुरक्षा फौजले धैर्यताका साथ यसलाई नियालिरहेको छ । यदी, यस्तो अवस्था रोकिएन भने हामी आवश्यक कदम चाल्नेछौं,’ उनले भनेका छन् ।
बंगलादेशले स्वतन्त्रता दिवस मनाइरहदाँ मानवअधिकारवादी समूहहरुले सरकारको आलोचना गरेका छन् । उनीहरुले बंगलादेशमा निरङ्कुशता, बेपत्ता पार्ने कार्य र गैरन्यायिक हत्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विद्यार्थी समूह, बामपन्थी र अन्य राजनीतिक समूहहरुले पनि शुक्रबार र शनिबार मोदीको भ्रमणको विरोधमा प्रदर्शन गरेका थिए । एजेन्सी