
जुमान सिंह के सी
असोज २८, प्युठान
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि शर्मा ओलि २८ वर्ष पछि प्युठानमा आएका हुन।
नौबहिनी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गर्न प्युठान आएका ओलिले स्वर्गद्वारीमा पुगेर पुजाआजा समेत गरेका छ्न।
ओलिले जिल्लाका अगुवा कार्याकर्ताहरु बिचमा जुम्रीमा सम्बोधन गरेका हुन उनले सम्बोधनको क्रममा एमालेले बिकासको लहर ल्याएको देखेर चौतर्फी घेराबन्दी गर्ने गरिएको आरोप लगाएका छ्न ” उनले भने हामी बिकासको लहर ल्याएर नेपाली जनतालाई सुखी र समृद्धि बनाउने योजना रहे पनि अन्यशक्ति आफू र आफ्नो पार्टी विरुद्ध लागेको बताए ।
नौबहिनी गाउँपालिकाको नव भवन उद्घाटन गर्न आएका ओलिले एमालेले बाहेक अरु कसैले जनताको चाहाना अनुसार काम गर्न नसक्ने भन्दै एमालेबाट मात्र सम्भाव रहेको बताए ।
उनले एक प्रसङ्गमा केन्द्रमा ३२ सिट भएको माओवादीलाई काङ्ग्रेसले प्रधानमन्त्री सुम्पियो फेरि कोशीप्रदेशमा ८ सिट भएको माओवादीलाई मुख्यमन्त्री सुम्पिन खोज्दा केही काङ्ग्रेसले बिद्रोह गरेका छ्न उनले भने हामीले साथ दियौ किनकी सरकार नबनेमा मध्यबधी चुनावमा जान पर्ने परिस्थितिलेलाई रोक्नको लागि साथ दिएको उल्लेख गरे।
प्रतिपक्षी दलका नेता समेत रहेका ओलिले प्युठानको बिकास निर्माणमा आफुले साथ दिने बताए ।