
जुमान सिंह के सी
असोज ३०, प्युठान
जिल्ला प्रहरी कार्यालय प्युठान खलंगाले आफ्नो ६८ औं प्रहरी दिवस मनाएको छ। २०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले नेपालको कानुन, निति अनुसार आफ्नो पेशामा कार्यगर्दै आएको प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताउनु भयो उहाँले भन्नू भयो कानुन कार्यनयन गर्ने र सर्वसाधारण जनताको शान्ति सुरक्षालाई सु-ब्यबस्थित गर्ने मुख्य जिम्मेवारीका साथ प्रहरीले कार्यगर्दै आएको बताउनु भयो। उहाँलए सबैको सहयोग र साथ आवस्यक रहेको समेत बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय प्युठानका प्रजिअ मदन कोइरालाले देशमा शान्ति सुरक्षामा नेपाल प्रहरीको महत्त्वपूर्ण भुमिका रहदै आएको छ अझ आगमि दिनमा सरोकारवाला संगको समन्वयमा अझै प्रभावकारी बन्दै जानेमा बिश्वास ब्यक्त गर्नु भएको थियो।
कार्यक्रमका बिशिस्ट अतिथि मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले प्रहरी र नागरिकको सम्बन्ध राम्रो भएमा हरेक बिसङ्ती र समाजमा हुने घटनामा कमि हुने बताउनु भयो उहाँले स्थानीय सरकार जनताको हितका निम्ति प्रहरी संग हातेमालो गर्न सकिने उल्लेख गर्नु भएको थियो।
दिवसको अवसरमा अनुशासन पुर्वक महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने प्रहरी अधिकारीहरुलाई नगद सहित सम्मान समेत गरिएको थियो। साथै अमर प्रहरीका परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
६८ औं प्रहरी दिवस २०८० को उपलक्ष्यमा “समुदायमा नेपाल प्रहरीको भूमिका” बिसयक आयोजना भएको जिल्ला स्तरिय निवन्ध प्रतियोगिता र जिल्ला स्तरिय चित्रकला प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हाँसिल गर्ने विभिन्न विद्यालयका छात्र, छात्राहरुलाई पुरस्कार तथा प्रमाण- पत्र वितरण गरिएको थियो।
खलंगामा भएको कार्यक्रममा जिल्ला स्थिति कार्यालयका प्रमुख, संघसंस्था काप्रमुख, अमरप्रहरीका प्रतिनिधि, पत्रकार लगाएतको सहभागीता रहेको कार्यक्रमको संचालन प्रहरी निरीक्षक हुमानन्द खनालले गर्नु भएको थियो।