बिहिबार, भदौ २६, २०८२

बागलुङको बरेङ गाउँपालिकाले सम्पन्न गर्यो सरसफाइ अभियान

आइरहेका  चाडपर्वको मध्यनजर गर्दै “स्वच्छ बरेङ, स्वस्थ बरेङबासी अभियान” नाराका साथ बागलुङको बरेङ  गाउँपालिकाले   बृहत सरसफाई अभियान पालिकाका ५ वटै वडाहरुमा आज सम्पन्न गरेको छ।

चाडपर्वको समयमा परम्परागत रुपमा चलि आएको सडक तथा गोरेटो बाटो खानेपानीका धारा लगायत स्कूल, सरकारी तथा गैर सरकारी संघ संस्थाका कार्यालयहरु, आफ्नो घर वरीपरि सरसफाई कार्य केही वर्ष यता घट्दै गएकोले सम्पुर्ण बरेङवासी जनप्रतिनिधि, कर्मचारी, सरकारी तथा गैर सरकारी संघ संस्था, क्लब, आमा समूह र सरोकारवाला सबैको अगुवाइमा सकृय सहभगिता गरी सरसफाई अभियान सञ्चालन गरेको हो ।


सबै वडाहरुको मुख्य सडकहरु चाडपर्व अगाडि नै नागरिकलाई सहज आवत जावत हुने गरी सरसफाई गर्ने अभियान अन्तरगत पालिकाका सरकारी तथा गैर सरकारी संघसंस्था र आवतजावत गर्ने सडक, गारेटो बाटो, पानीको धारा लगायत धार्मिक स्थल समेत टोलटोलमा आआफ्ना टोल वासी नागरिक, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका कर्मचारी, शिक्षक तथा विद्यार्थी, राजनैतिक दलका प्रतिनिधि, क्लब, आमा समूह, पत्रकार तथा सुरक्षाकर्मी लगयातले गाउँपालिकाले आव्हान गरेको सरसफाई अभियानमा सकृय सगभागिता जनाई अभियानलाई सफल बनाएका छन् ।


यसै सन्दर्भमा अभियानमा सहभागिता जनाउदैं गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले गाउँपालिकाले आव्हान गरेको सरसफाई अभियानमा सहभागिता जनाई अभियानलाई सफल बनाएको भन्दै सम्पूर्ण बरेङ वासी नागरिक, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका कर्मचारी, शिक्षक तथा विद्यार्थी, राजनैतिक दलका प्रतिनिधि, क्लब, आमा समूहहरु, पत्रकार तथा सुरक्षाकर्मीहरुलाई गाउँपालिकाको तर्फ देखी हार्दिक आभार प्रकट गरेका छन् । आउने दिनहरुमा पनि यसरी परम्परागत चलि आएको परम्परालाई बचाई राख्न पनि सबैमा अनुरोध समेत गरेका छन् ।

 

त्यस्तै गाउँपालिकाको वडा नं. ३ बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयले सरसफाई सरसफाई अभियान पश्चात सरसफाईमा सक्रियता पूर्वक लाग्ने विद्यार्थी मध्येबाट कक्षा ७ का गोपाल पौडेल पुरस्कृत गरेको छ ।


आजको अभियान सफल बनाएकोमा सम्पूर्ण शिक्षक, विद्यार्थीमा प्रधानाध्यापक मदन बहादुर कार्कीले टीका, फूल र पुरस्कार प्रदान सहित सबैलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका छन्।

साथै साप्ताहिक कार्यक्रम अन्तर्गत अन्तर सदनात्मक श्रुति लेखन प्रतियोगिता सम्पन्न भएको छ सो कार्यक्रममा प्रथम रेड हाउस की शिक्षा सुवेदी, दित्तिय ब्लु हाउसकी रिश्मा क्षेत्री, तृतीय ग्रीन हाउसयोजना क्षेत्री र एल्लो हाउस की गृष्मा पौडेल भएका थिए । विजेता विद्यार्थी र सदन शिक्षक नायक लाई टीका र पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रम प्रधानाध्यापक मदन बहादुर कार्कीको अध्यक्षता, शिक्षक अमृत न्यौपानेको स्वागत र शिक्षक मञ्जु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?