
शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल
प्युठान रुपन्देही सम्पर्क मन्चले बिजया दशामी दिपावली र छठ पर्बको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्युठान घर भै रुपन्देही आएर पेसा ब्यबासाय ,गरेर बसेका प्युठानिहरुको उपस्थिति रहेको थियो।
शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथी लोकराज पोख्रेल विशिष्ट अतिथी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल , समाजसेबीहरु निर्मल जिसि ,कृष्ण प्रसाद पोख्रेल ,मुकुन्द पोख्रेल ,बाबुराम एमसि ,लगायत ब्यसायीहरु विद्यार्थीहरु पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापति पत्रकार तथा प्युठान रुपन्देही सम्पर्क मन्चका अध्यक्ष स्यामलाल पोख्रेलले गर्नुभएको थियो।भने संचालन मन्चका उपाध्यक्ष जेबि क्षेत्रीले गर्नुभएको थियो।
शुभकामना आदानप्रदान कार्यक्रम मझेरी फुड्ल्यान्ड बुटवल कालिकानगरमा भएको थियो।