
कार्तिक १,प्युठान
प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशै विशेष अवसरमा खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सस्थाका अध्यक्ष रवि चन्दले बताउनु भयो।
ठुलाबेसी सामुदायिक बिकास मंच गौमुखीको आयोजनामा कर्यक्रम सन्चालन गर्न लागिएको छ। गौमुखी गाउँपालिका प्राकृतिक तथा सास्कृतिक रुपमा सम्भावना बोकेको क्षत्र रहेको छ।
दशै विशेषको अवसरमा जिल्लाकै इतिहासमा ठूलो धनराशी एकलाख तेत्तीस हजार तिनसय तेत्तीसको प्रथम पुरुस्कारको ब्यबस्था रहेको छ।
दशै बिशेष कार्यक्रम २०८० मा कार्यक्रमको साथमा दुर्गम गाउँबस्तीका बिपन्न वर्गलाई लक्ष्यित गरि निशुल्क स्वास्थ्य शिविर, निमतारा पोलिक्लिनिक बिजुवार प्युठानसंगको सहकार्यमा स्वास्थ्य शिविर, अँखा शिविर, दन्त शिविर समेत संचालन गरि दुर्गम गाउँका बिपन्न बर्गलाई सेवा दिन लागिएको सस्थाका सचीव केशव बहादुर केसीले बताउनु भयो।
यही कार्तिक २ देखि ४ गते तीन सम्म चल्ने कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता, खुल्ला लोकनृत्य,म्युजिकल चियर, सोलोबाइक रेस र स्थानीय तथा राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रत्येक वर्ष संचालन गर्दै आएको कार्यक्रमलाई गौमुखि गाउँपालिका मुख्य प्रायोजक रहने तथा अन्य संघसस्था, ब्यक्ति, व्यावसायिहरु बाट सहयोग संकलन गरि कार्यक्रम संचालन गर्न लागिएको ठुलाबेसी सामुदायिक बिकस मंचले जनाएको छ।
कार्यक्रममा उपस्थिति अतिथि, कलाकार, खेलाडीहरु संग समन्वय भैसकेको र कार्यक्रमका सबै किसिमको तयारी पूरा भएको आयोजकले जनाएको छ।
तीन दिन सम्म संचालन हुने कार्यक्रमबाट करिब दश हजार दर्शकको प्रत्येक्ष सहभागी रहने अनुमान गरिएको सस्थाले जनाएको छ।