बिहिबार, भदौ २६, २०८२

गौमुखीमा बजार अनुगमन तीब्र, जफत गरिएका अखाद्यबस्तु नस्ट

जुमान सिंह के सी
कार्तिक २, प्युठान ।

गौमुखी गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता पारेको छ। गौमुखीमा रहेको मुख्य बजार ठुलाबेसी लगाएत सबै वाडाहरुमा बजार अनुगमनलाई तीब्र पारिएको गाउँपालिकाले जनाएको छ।

आर्थिक वर्ष ०८०/०८१ को बार्सिक निति तथा कार्यक्रममा गाउँपालिका भित्र ४० युपि भन्दा माथिका मदिरा निशेध गर्ने निर्णय भएकोले यसैको प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गुरीले बताउनु भयो।

चाहाड बाहाड नजिकिदै जादा आम उपभोक्तहरुले प्रयोग गरिने खाद्य बस्तुहरुको बिक्रीवितरण अवस्थालाई ध्यानमा राखी अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले बताउनु भयो। उहाँले खान नमिल्ने समयसिमा नाघेका अखाद्य बस्तुहरु जफत गरी नस्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले बताउनु भयो।
करिब एकलाख पचास हजार भन्दा माथीको मुल्य बराबरको जफत गरिएको बस्तु नस्ट गरिएको उहाँले बताउनु भयो।

गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, वाडका जनप्रतिनिधि हरुको सहभागीतामा अनुगमन गरिएको गाउँपालिकले जनाएको छ।
अन्य खाद्य बस्तु भन्दा ४० यिपिका मदिरा धेरै फेला परेको उपाध्यक्ष महावीर रानाले बताउनु भयो साथै उहाँले गाउँमा चामलमा समेत समस्या देखापरेको छ यसको बारेमा सम्बन्धित निकायमा जानकारी गराएका छौँ। उपभोक्तहरुको स्वास्थ्य माथी कसैलेपनि खेलबाण गर्न नहुने उहाँको भनाई छ।

अनुगमनका क्रममा प्रायजसो मदिरा, चाउचाउ, बिस्कुट, जुसआइटम, मैदा लगाएतका सामग्री समय सिमा नाघेको बस्तु भेटिएको प्रशासन शाखा प्रमुख दुर्गा सुबेदीले बताउनु भयो उहाँले व्यावसायिले दर्ता, नवीकरण गरे नगरेको सम्बन्धमा पनि हेरिएको बताउनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?