
जुमान सिंह के सी
कार्तिक २,प्युठान
प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशै विशेष अवसरमा खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रमको आज समउद्घाटन गरिएको छ।
गौमुखी गाउँपलिकाका अध्यक्ष तथा प्रमुख अतिथि बिष्णु कुमार गिरीले खेलकुद तथा सास्कृतिक कार्यक्रमले ठाउँको विशेषता झल्काउने बताउनु भयो। उहाँले गाउँपालिका भित्र रहेका सास्कृतिक तथा खेलकुदमा गाउँपलिका प्रबर्द्धन र संरक्षणमा लागि परेको बताउनु भयो।
कार्यक्रमका बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष महाबिर रानाले कार्यक्रमले रमाइलो मात्र नभाई स्थानीय कला सास्कृतिकको प्रबर्द्धन र प्रचारप्रसार हुने बताउनु भयो साथै उहाँले एकता र आपसी सद्भाव गराउने उल्लेख गर्नु भयो।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेल, समाजसेबी ज्ञामुराम न्यौपाने, राजनैतिक दलका प्रतिनिधि लगाएतले शुभकामना मन्तब्य राखेका थिय।
आज देखि सुरु भएको कार्यक्रममा खुल्ला भलिबल आठ टिम रहेको छ्न साथै कार्यक्रममा दुर्गम गाउँबस्तीका बिपन्न वर्गलाई लक्ष्यित गरि निशुल्क स्वास्थ्य शिविर, निमतारा पोलिक्लिनिक बिजुवार प्युठानसंगको सहकार्यमा स्वास्थ्य शिविर, अँखा शिविर, दन्त शिविर समेत संचालन गरि दुर्गम गाउँका बिपन्न बर्गलाई सेवा रहेका छ्न।
कार्यक्रमको उदेश्य माथी सस्थाका सचीव केशव बहादुर केसीले प्रष्ट पार्नु भएको थियो। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुत रहेको छ।
यही कार्तिक २ देखि ४ गते तीन सम्म चल्ने कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता, खुल्ला लोकनृत्य,म्युजिकल चियर, सोलोबाइक रेस र स्थानीय तथा राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ।
आज पहिलो दिन सुरु भएको कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष अशिम न्यौपानेले गर्नु भएको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष रबि चन्दले गर्नु भएको थियो भने संचालन जुमान सिंह केसीले गर्नु भएको छ।
तीन दिन सम्म संचालन हुने कार्यक्रमबाट करिब दश हजार दर्शकको प्रत्येक्ष सहभागी रहने अनुमान गरिएको सस्थाले जनाएको छ।