बुधबार, भदौ २५, २०८२

असन क्षेत्रमा भारी बोक्दै गुजारा चलाउने दुई मजदुरको मृत्यु

काठमाडौं । असन क्षेत्रमा भारी बोक्दै गुजारा चलाउने दुई मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अर्का ३५ वर्षीय पुरुष छन् ।

उनको पहिचान खुलेको छैन । प्रहरीका अनुसार उनीहरू ज्याला मजदुरीमा दैनिक काम गर्दै आएका थिए ।

प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार उनीहरू दैनिक ज्यालादारीमा काम गर्ने र राति सार्वजनिक स्थलमै सुत्ने गरेको खुलेको छ ।

उनीहरू शुक्रबार राति असनकै एक मन्दिरको पेटीमा बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो ।

तर, अस्पतालले दुवै जनालाई मृत घोषण गरेको हो । पहिचान खुलेको थामीको शव परिवारले जिम्मा लिइसकेका छन् । अर्का पहिचान खुल्न बाँकी पुरुषको शव भने पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?