बिहिबार, भदौ २६, २०८२

गौमुखीमा दशै विशेष तिनदिने कार्यक्रम आज सम्पन्न

जुमान सिंह के सी
कार्तिक ४,प्युठान
प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशै विशेष अवसरमा खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रमको समापन भएको छ।

गौमुखी गाउँपालिका भित्रका खेलकुद तथा सास्कृतिक कार्यक्रमले ठाउँको विशेषता झल्काउने, यश ठाउँको प्रचारप्रसार भएको साथै भयो स्थानीय कला सस्कृतिको समेत प्रबर्द्धन गर्नमा मदत पुगेको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा समाजसेबी ज्ञामुराम न्यौपाने, जुमान सिंह जिसीले सस्थाले राम्रो ब्यबस्थापनका साथ उत्कृष्ट कार्यक्रमको आयोजना गरि सम्पन्न गरेकोमा खुसी ब्यक्त गर्नु भएको थियो।

खुल्ला भलिबलको संख्या ७ रहेका थिए जसमा ठुलाबेसी सामुदायिक बिकासमंच प्रथम, मदाने भलिबल कलब गुल्मी द्वितीय, ठुलाबेसी सामुदायिक बिकासमंच तृतीय स्थान हासिल गरेका छ्न बिजेता खेलाडीहरुलाई सिल्ड मेडल, प्रमाणपत्र र नगदसहित पुरुस्कार वितरण गरिएको छ।
तेस्तै खुल्ला नृत्य प्रतियोगितामा प्युठान नपा ५ का मुन्नी घर्तीको टिम प्रथम , गौमुखि ठुलाबेसीका उषा न्यौपानेको टिम द्वितीय, गौमुखी अर्खाका जिज्ञासा गिरी तृतीय र गौमुखी नारिकोटकि कविता गिरी र तिला बुढाथोकको टिमसान्त्वना स्थान हासिल गरेकालाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको सस्थाका कोषध्यक्ष महेन्द्र चन्दले बताउनु भयो।

कार्यक्रममा समयको ब्यबस्थापन गर्न केही अप्ठ्यारो भएको भए पनि समग्रमा कार्यक्रम पुर्व निर्धारित समयमा सम्पन्न भएको अध्यक्ष रबि चन्दले बताउनु भयो उहाँले सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।

राष्ट्रिय कलाकार दिपु मगर, भागीराथ चलाउने, बिक्रमबाबू बिश्वकर्मा, लालुमाया कुवर, अनिल खत्री, बिनोद बिष्ट लगाएत स्थानीय कलाकार हरुको प्रस्तुति रहेको थियो।
कार्यक्रमको अवसरमा निशुल्क स्वास्थ्य शिविर, अँखा शिविर, दन्त शिविर र रक्तदान सेवा समेत संचालन गरिएको सचीव केशव केसीले बताउनु भयो।

सस्थाका उपाध्यक्ष अशिम न्यौपानेले  कार्यक्रमको समापन गर्नुभएको थियो  थियो । तीन दिन सम्म चलेको कार्यक्रमको संचालन जुमान सिंह केसीले गर्नु भएको आयोजकले जानकारी दिएको छ।
तीन दिन सम्म संचालन भएको  कार्यक्रमबाट करिब पन्द्र  हजार दर्शकको प्रत्येक्ष सहभागी रहएको  आयोजकले   जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?