
राष्ट्रिय जनमाेर्चा जिल्ला समिति बागलुङ, राष्ट्रिय जनमाेर्चा जिल्ला समिति चितवन र अखिल नेपाल शिक्षक संघ बागलुङकाे संयुक्त अायाेजनामा राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदस्य बिष्णु कडेल (बस्नेत)काे सासूअामा तथा राष्ट्रिय जनमाेर्चाका शुभचिन्तक प्रेम प्रशाद कडेल, टिकाराम कडेल र अनन्त कडेलकाे ममतामयी अामा बागलुङ जिल्ला ताराखाेला गाउँपालिका वडा नं१ (साबिक अमरभुमी गा.बि.स. वडा नं ९) हाल भरतपुर महानगरपालिका वडा नं. ९ बस्ने तुल्सी कडेलकाे मिति २०८०/७/५ गते ७९ बर्षकाे उमेरमा भएको दुखद निधन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै २०८० कार्तिक ९ गते पाँचौ दिनमा संयुक्त श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, रा ज माे चितवन जिल्ला अध्यक्ष अमर बहादुर क्षत्री र अखिल नेपाल शिक्षक संघका बागलुङका जिल्ला सचिव चन्द्रकान्त अाचार्यले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो । बिष्णु ढुङगानाले सञ्चालन गर्नु भएको कार्यक्रममा उपस्थित राष्ट्रिय जनमाेर्चा र विभिन्न जनबर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुले फुलमाला अर्पण गरि श्रद्धाञ्जली दिनु भएको थियोे ।