शुक्रबार, मंसिर २१, २०८१

अलपत्र रहेको दम्ती विद्युत सव-स्टेसन संचालनमा

प्यूठान । ५ बर्ष अघिदेखि अलपत्र रहेको दम्ती बिद्युत सव-स्टेशन सञ्चालनमा आएकोछ । सव स्टेशन निर्माणा जिम्मा लिएकाे निर्माणा कम्पनीले काम नगरेपछि बिद्युत प्राधिकरणले ठेक्का तोडेर आफ्नै आन्तरिक जनशक्ति सहित मजदुर प्रयोग गरेर सव-स्टेसन सञ्चालनमा ल्याएको हाे  । ठेक्का ताेडेकाे १२ दिनमै सव-स्टेशनकाे बाँकी काम सम्पन्न गरि स्टेसन स‌चालनमा आएकाे छ ।

प्युठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्यको सक्रियतामा भएको जिल्लास्तरीय सर्बपक्षिय छलफलबाट तिहार अगाडिनै सव-स्टेसन सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिईएको थियो । निर्देशनको विद्युत प्राधिकरणले पालना गर्दै समयमै कामसकि सव-स्टेसन संचालनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोमा प्रमुख जिल्ला अधिकारी आचार्यले प्राधिकरणलाई धन्यवाद दिनुभयो । उहाँले बिकास निर्माणकार्य समय सिमाभित्र सम्पन्न गरि नागरिकलाई सहजता गराउन सबैको ध्यान जानुपर्ने बताउनुभयो।

प्रतिनिधिसभाका मा.सदस्य सुर्य थापाले प्यूठानका ६४ वटा वडा मध्य नौबहिनी १ स्याउलिवाङ्ग र गौमुखी गा पाको रजवारामा बिद्युत केन्द्रीय प्रशारण लाईन छिटोछरितो बिस्तार गरि जिल्लालाई सत प्रतिशत बिद्युत बिस्तार घोषणा गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो।

बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले प्रशासनमा भएको प्रतिबद्धता पूरा भएको बताउनुभयो । उहाले १० बर्ष पहिलेको योजना अहिले पूरा भएको छ ” भन्नुभयो सव-स्टेसन सञ्चालन गर्नका लागी जिल्ला, प्रदेश र केन्द्र अन्तरगतका सबैको सहयोगमा सम्पन्न भएको हो ।”

करिब १४ करोड भन्दा बढिको लागतमा प्यूठान नगरपालिका ८ दम्तीमा बिद्युत सव-स्टेसन निर्माणकार्य सम्पन्न भई मंगलबारदेखि बिधिवत रुपमा सञ्चालन भएको छ । २०७२ सालमा टेण्डर भएको यो परियोजना ठेकदारले अलपत्र पारेकोले ढिलाइ भएको विद्युत प्राधिकरणले जनाएको छ ।

सव-स्टेशनमा तीन वटा ११ केविएका फिडर निर्माण गरिएकोले अब नौबहिनी गाउँपालिकाको बहाने क्षेत्र, झिमरुकको मच्छी र प्यूठान नगरपालिकाको क्वाडी क्षेत्रमा काम गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?