रिसव अाचार्य कपिलवस्तु ।
राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल जनजाति सम्मेलन काे दाेस्राे जिल्ला अधिवेशन यहि चैत्र २ र ३ गते हुने भएको छ।जनजाति सम्मेलनको अधिवेशन चन्द्रौटा मा हुने भएको छ।चन्द्रौटा को व्यापार संघकाे सभा हल मा अधिवेशन गर्ने तयारी थालिएको छ।
कार्यक्रम लाई सम्बाेधन गर्न अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रीय अध्यक्ष निम बहादुर बुढाथोकी र महासचिव उषा पुन अाउनुहुने भएकाे अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तु जिल्ला अध्यक्ष नरबहादुर घर्ती ले जानकारी दिनु भएको छ।
कार्यक्रम मा जिल्ला बासि जनजाति अामा बुवा दाजु भाइ तथा दिदी बहिनी हरु लाई अनुरोध समेत गरिएको छ।
कार्यक्रम चन्द्रौटा व्यापार संघ काे सभा हलमा ११ बजे देखि सुरु हुने छ।