
शंकर प्रसाद पोख्रेल
बुटवल,मंसिर ८ गते । रुपन्देहीको बुटवल ११ नहरपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको । एकजना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान बलेरो पिकअप र मोटरसाईकल एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको हो, भने एकजना घाइते भएका हुन् ।
बेलवास बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल एक आपासमा ठोक्किएको प्रहरीले बताएको छ।
उक्त दुर्घटनामा परी बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जानकारी गराएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा प्यूठान झिमरुक गाउंपालिका १ का हाल बुटवल ११ मा निवासी २५ वर्षिय शेखर पोखरेल गम्भीर घाईते भएका छन् ।
गम्भीर अवस्थामा रहेका मोटरसाईकल चालक शेखर पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते पोखरेलको लुम्विनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवाको मेडिकल कलेजमा डाक्टरहरुको निगरानिमा उपचार हुंदैछ।
घाइते पोखरेलको दाइने हात छालाले मात्र अड्डेको र हात, खुट्टा, टाउको र शरिरको विन्निभ ठाउंमा चोट लागेको छ । यो समाचार तयार पार्दासम्म गम्भीर घाइते शेखर पोखरलको होस आएको छैन सेखर पोख्रेलका माइला भाइका अनुसार उनिहरु बिहानै लुम्बिनीमा पुजा गर्नको लागि घरदेखी हिनेको केही छिनमा उक्त दुर्घटना भएको हो । बलेरो पिकअप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको प्रहरीले ले बताएको छ।