बुधबार, भदौ २५, २०८२

बालकृष्ण खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई बिहीबार ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । उनीहरूबीच राय बाझिएका कारण तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुरुप बिहीबार कोइरालाको इजलासमा सुनुवाइ भएको हो ।

कोइरालाले मंसिर १५ गते न्यायाधीश पाण्डेले राखेको रायसँग सहमति जनाउँदै खाँणलाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले खाँण धरौटीमा रिहा हुने आदेश जानकारी गराउँदा अदालतभित्रै पुगेका खाँणका समर्थकहरूले खुसी व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?