बिहिबार, फाल्गुन २१, २०८२ | Thursday 5th March 2026
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा केसी र महासचिवमा मनोज भट्ट निर्वाचित
झिमरुक पोस्ट
बिहिबार, चैत्र २६, २०७७
काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ । बुटवलमा आज सम्पन्न राजमोको चौथो राष्ट्रिय सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय समिति चयन गरेको छ ।
सम्मेलनबाट तीन जना उपाध्यक्षमा रश्मिराज नेपाली, जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित हुनुभएको छ भने मनोज भट्ट महासचिवमा निर्वाचित हुनुभएको छ । यस्तै, सचिव हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित हुनुभएको छ । उपाध्यक्ष दुर्गा पौडेललाई प्रवक्ताको समेत जिममेवारी दिइएको छ ।
चैत २४ गतेदेखि बुटवलमा जारी सम्मेलनले राजनीतिक प्रतिवेदन, विधान संशोधन, घोषणा पत्र तथा आर्थिक प्रतिवेदन पारित गर्दै चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।युगदर्सन।