
प्युठान फुलबारी सामुदायिक सिकाई केन्द्रको आयोजना तथा प्युठान नगरपालिकाको आथिर्क सहयोगमा बालबालिका र महिलाहरुका लागि सचेतना मुलक सशक्तीकरण कार्यक्रम खैरामा सम्पन्न भएको छ।
कार्यक्रममा महिला हिंसा, महिलाको वर्तमान अवस्था र उनिहरुको सशक्तीकरण सम्बन्धि अभिमुखीकरण गरिएको हो। त्यस्तै बालबिवाह न्युनिकरण, बालअधिकार सवालमा समेत छलफल गरिएको फुलबारी सामुदायिक सिकाई केन्द्रका सहजकर्ता तिला बुढाथोकीले जानकारी दिनुभयो।
प्युठान नगरपालिका वाड न. १ खैरामा भएको एक दिने कार्यक्रममा महिला र बालबालिका सम्बन्धि सचेतना तथा सशक्तीकरण सम्बन्धि वार्षिक कार्यक्रम अनुसार कार्य गरिएको बुढाथोकीले बताउनुभयो।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण सस्थाका अध्यक्ष नेत्रमणि आचर्य, जिल्ला समन्वय समिति सदस्य निर्मला पोख्रेल र सामाजिक अभियानता छ्न्द बहादुर बस्नेतले गर्नु भएको थियो।
२०६८ शालमा स्थापन भएको सिकाई केन्द्रले अध्यनका लागि लाइबेरी संचालनमा ल्यएको छ भने समुह मार्फत आयआर्जन क्रियाकलाप, शिक्षा सम्बन्धि अभियान, बालबालिकालाई शैक्षिकसामग्री,बीउ बिजन वितरण तथा विभिन्न सिपमुलक तालिम गर्दै आईरहेको सहजकर्ता तिला बुढाथोकीले बताउनुभयो।