
प्यूठान । प्यूठानको स्वर्गद्धारी देखि काठमाण्डौ सम्मका लागि दिवा हाईस सेवा संचालन हुने भएको छ । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालि प्यूठानले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दिवा हाईस सेवा थप गर्न लागेको प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । आईतवार (भदौ २२) देखि सेवा संचालनको तयारी रहेको श्रेष्ठले बताउनुभयो ।
यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दिवा सेवा विस्तार गर्न लागेको प्रालिले जनाएको छ । विहान सभा ५ बजे स्वर्गद्धारीबाट छुट्ने गरि सेवा प्रदान गर्न थालिएको प्रालिका प्रबन्धक कुमार श्रेष्ठले बताउनुभयो । दिवा सेवा अन्तगत सोही समयमा काठमाण्डौ देखि स्वर्गद्धारी आउने गरी यातायात सेवा थप गरिएको उहाँले बताउनुभयो ।
यस्तै प्रालिले प्यूठान खलंगा देखि चितवन सम्म दिवा हाईस सेवा थप गरेको छ । विहान सभा ५ वजे खलंगाबाट छुट्ने गरी सेवा संचालन गर्न थालिएको हो । यात्रुहरुको चापलाई मध्यनजर गर्दै सेवा पहुँच विस्तार संगै सुविधाजनक गाडीहरु समेत थप गर्दै आएको प्रालिले जनाएको छ ।