भिमसेन बन
२०७७ फागनु २२ गते, बागलुङ बजार –
अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघको बागलुङमा आज फागुन २२ गते शाखा गठन गरिएको छ । महासंघका केन्द्रीय कोषाध्यक्ष कूल बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रेम थापा, सञ्चालन भिषम छन्त्याल र स्वागत मन्तव्य थुम घर्तिले गर्नु भएको थियो ।
बागलुङ जिल्लामा सम्पन्न भएको यो प्रथम भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि कूल बहादुर बुढा मगरले खेलकुद क्षेत्रको विकृति विसंगति र विभेदका विरुद्ध आवाज उठाउन, क्षमताका आधारमा अवसर दिनु पर्ने माग राख्न यो खेलकुद महासंघ गठन भएको बताउनु भयो । खेल क्षेत्रलाई सम्मानित पेशा र सामाजिक कर्तव्यको रुपमा विकास गराउन खेलाडीहरु सैद्धान्तिक रुपमा पनि सचेत हुनु पर्ने आवश्यकता रहेको बुढा मगरले जोड दिनु भयो ।
कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा, कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा, बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, सल्लाहकार गौरीस्वर पाण्डे हुनु हुन्थ्यो ।
प्रथम भेलाले भिषम छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला शाखा बागलुङको तदर्थ समिति गठन गरिएको छ । जसका सदस्यहरुमा प्रेम थापा, बसन्ती बुढा, दिपक बुढा, अजय जिसी, बिष्णु बहादुर पुन, अभिषेक छन्त्याल, दिपेन्द्र बुढा, विजय सापकोटा रहनु भएको छ । यो समितिको सल्लाहकारमा भिमसेन वन, थुम घर्ति, होम बहादुर पुन र ओम बहादुर सिंजाली रहनु भएको छ । भेलाले जिल्लाभर रहेका खेलाडीहरुको विधागत तथ्याङ्क संकलनको कार्य गर्ने गरी कार्यक्षेत्र विभाजन समेत गरेको छ ।