मङ्लबार, भदौ २४, २०८२

पूर्व उपप्रधानमन्त्री राजमो अध्यक्ष चित्र बहादुर केसी सम्मेलनको उद्घाटन गर्न भारत जांदै

 

बेल रजाली मगर

भारतस्थित श्रमजीवी नेपालीहरुको हक हितमा काम गर्ने एकमात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन हुन अब मात्र ९ दिन बांकी रहेको छ I २७, २८ फरवरी र १ मार्च २०२२ तदनुसार २०७८ फागुन १५, १६, १७ गते आठौं अखिल भारत सम्मेलन सम्पन्न हुन गै रहेको छ। सम्मेलन नजिक आउँदै गर्दा सो संगठनका नेता, कार्यकर्ता देखी लिएर आम समर्थक, शुभचिन्तक सम्म सम्मेलनको प्रचार प्रसार, चन्दा संकलन आदि कार्यमा युद्ध स्तरमा खटिएका छन । सम्मेलनको सम्पूर्ण तयारी लगभग पूरा भै सकेको छ। सम्मेलन भारतको राजधानी दिल्लीको नजिकै फरीदवादमा सम्पन्न हुने हुंदा दिल्ली नजिकका क्षेत्रहरू नयाँ दिल्ली, पुरानो दिल्ली, ओखला, फरीदावाद, गाजियावाद, नोएडा, गुडगाँव, हरियाणाको रोहतक, हिसार, पानीपत, सोनिपत, भिवानि, करनाल, पन्जाबको रोपड, लुधियाना, चन्डिगढ, जालन्धर, भटिन्दा, सिरसा, राजस्थानको श्रीगंगानगर, जयपुर, नीमराना, जोधपुर, बीकानेर, भिवाडी, उत्तरप्रदेशको आगरा, मेरठ, कानपुर, लखनउ, गुजरातको अहमदावाद, सुरत, वापी, मध्य प्रदेशको भोपाल, इन्दौर आदि क्षेत्रबाट ठुलो संख्यामा सम्मेलनमा सहभागी रहने छ। यी मध्य अधिकान्स ठाउंबाट बस बुक गरेर सम्मेलनमा सहभागी हुने तयारीमा छन र दर्जनौं बसहरु बुक पनि भै सकेका छन भने टाढा पर्ने क्षेत्र दक्षिण भारतको चेन्नै, नेल्लोर, पान्डेचेरी, बेङलुरु लगायत तामिलनाडु, कर्नाटक, केरलाका झण्डै दुई दर्जन नगरहरुबाट, त्यसैगरी मध्य दक्षिण भारतका हैदरावाद, एल्लुर लगायत आन्ध्र प्रदेश, तेलङानाका दर्जनौं नगर, महाराष्ट्रको तारापुर, मुम्बई, पुने आदि नगरहरुबाट पनि सम्मेलनमा सहभागी हुन ठुलो संख्यामा रेलको टिकट बूक भै सकेकोछ। त्यसैगरी हिमाचल प्रदेश, उत्तराखन्ड, जम्मु कश्मीर, पूर्वोत्तर भारत र पूर्वी भारतबाट समेत सम्मेलनमा प्रतिनिधित्व रहनेछ। सम्मेलको उद्घाटन पूर्व उपप्रधानमन्त्री राजमो अध्यक्ष जनप्रिय नेता चित्र बहादुर केसीले गर्नु हुने भएकोले सम्मेलनमा सहभागी हुनेहरुको संख्या दिनदिनै बढ्दो छ। भारतको पश्चिममा अरब सागरको छेउमै रहेको गुजरात देखी लिएर सुदूर पूर्वमा वर्मासंग सीमाना जोडिएको तथा उत्तरमा कश्मीर देखी दक्षिणको कन्याकुमारी सम्मका नेपालीहरू सम्मेलनमा सहभागी हुनेछन। १२ दिसम्बरको दिन भोपालमा सम्पन्न विस्तारित बैठकले आठौं सम्मेलनको मिति निश्चित गरे संगै जम्मा सवा दुई महिनाको अन्तरालमा नै सम्पूर्ण तयारी पूरा गरी सम्मेलन सम्पन्न हुन गै रहेको छ। शायद मूल प्रवाहको इतिहासमा पहिलो पटक यति छोटो अवधी मै तयारी गरी सम्मेलन सम्पन्न हुन गै रहेको छ । “विधान अनुसार हामीले यो अखिल भारत सम्मेलन दुई वर्ष पहिले नै गर्नु पर्थ्यो र सम्मेलन गर्न तयारीको लागी विस्तारित बैठकको मिति पनि निश्चित गरी सकेका थियौं तर कोविडको कारण लागेको लकडाउनले गर्दा सम्मेलन त के विस्तारित बैठक नै स्थगित गर्नु पर्‍यो र अहिले वातावरण सहज बन्दै गै रहेकोले सम्मेलन सम्पन्न पार्दै छौं” मूल प्रवाहका महासचिव ठाकुर खनालले भन्नु भयो। भोपालको विस्तारित बैठकले आठौं सम्मेलन गर्ने निर्णय गरे सङै ६९९ सदस्यीय सम्मेलन तयारी समिति गठन तथा विभिन्न उप समितिहरु पनि निर्माण गरेको थियो । अहिले तयारी समिति अन्तर्गत सम्पूर्ण उपसमितिहरुको बैठक बसेर सबैलाई आ-आफ्नो कामको जिम्मा दिइ सकिएकोछ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भै सकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?