
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।
नयाँ मूल्यानुसार पेट्रोलको मूल्य १ सय ४५ तथा डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ हुने छ । ग्यासमा भने घाटा भएको भनिए पनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्यानुरूप प्रतिलिटर पेट्रोल रु. ५.६१ ले बढेको, डिजेल रु. ५.६२ ले बढेको र हवाई इन्धन रु. ४.९५ ले बढेर आएको र यसअनुरूप निगमलाई १५ दिनमा करिब रु. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउनुपरेको दाबी निगमको छ ।
निगमका अनुसार मूल्य समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब रु. २ अर्ब ४० करोडबाट करिब रु. २५ करोडले घटेर अझै करीब रु. २ अर्ब १५ करोड घाटा यथावत रहने छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करिब रु. २४ अर्ब नोक्सानी व्यहोरिसकेकाले पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाइराख्न आगामी दिनमा निगमलाई थप कठिनाइ हुने निगमको भनाइ छ ।
यस मूल्य समायोजनपश्चात् भारतको सीमावर्ती बजार रक्सौलको भन्दा नेपालको वीरगञ्ज क्षेत्रको खुद्रा विक्री मूल्य नेपालतर्फ सस्तो रहेको पनि विज्ञप्तिमा