
बागलुङ, तिलक थापा
एमसिसी बिरुद्धको कार्यक्रम आज बागलुङ्ग जिल्लाको सदरमुकाम बागलुङ्गमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, बिप्लब नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी, देशभक्त जनतान्त्रिक मोर्चा लगायतका राजनैतिक दल र मोर्चाहरुले उक्त कार्यक्रम सन्चालन गरेका थिए। उक्त बिरोध कार्यक्रममा जुलुस लगाएर बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यलय बागलुङ्गमा पुगि विराेध सभामा परिनत भएकाे थियो ।
बिरोध सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एबं जिल्ला समन्वय समिती बागलुङ्गका प्रमुख राजेन्द्र ढुङ्गानाले हाम्रो जस्तो असंलग्न परराष्ट नीति अवलम्बन गर्ने देशले एमसिसी जस्तो परियोजना नेपाली जनतालाई कुनै पनि हालतमा स्विकार्य नरहेको बताउनु भएको थियो। एमसिसी एउटा अनुदान नभएर लगानी हो। त्यसैले आफ्नो लगानी उठाउनको लागि अमेरिकी साम्राज्यवाद जुनसुकै समयमा पनि नेपालमाथी आफ्नो सैन्य शक्ति प्रयोग गर्न सक्ने छ। त्यो भएर यस्लाई पुर्ण रुपमा खारेज गर्नुपर्ने कुरा समेत प्रष्ट पार्नुभएको थियो। कार्यक्रममा बोल्दै बिप्लब नेतृत्वको नेकपा बागलुङ्गका सदस्य महेन्द्र बिकले एमसिसीले देशमा एउटा बिद्रोहको स्थिती सृजना गर्ने हुनाले यस्लाई खारेज गर्नुपर्ने कुरामा जोड दिनुभयो। त्यस्तै नेकपा क्रान्तिकारी माओबादिको तर्फदेखी सम्बोधन गर्दै पुर्ण बहादुर गुरुङले यदि नेपाली जनताको विरुद्ध अहित हुने यो सम्झौता लागू गरे उक्त पार्टी र पार्टिका नेतालाई बागलुङ बासी जनताले गाउँ छिर्न समेत नदिने चेतावनी दिनुभएको थियो। अन्त्यमा नेकपा मसाल बागलुङ्गका प्रवक्ता मेक ब. पाइजाले देशभन्दा गठबन्धन कुनैपनि हालतमा ठूलो हुन सक्दैन। यसलाई यो वा त्यो बहानामा पास गर्ने योजना नगराइयोस अन्यथा नेपाली जनता सशक्त प्रतिकारमा उत्रीने कुरा ब्यक्त गर्नुभएको थियो। कार्यक्रमको सन्चालन अखिल नेपाल युबक संघका केन्द्रीय महासचिब भिमसेन वनले गर्नुभएको थियो।