
जुमान सिंह के सी ८ फाल्गुन , प्युठान।
प्युठानको सदरमुकाम खलंगा जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदशनतथा घेराउ गरेका छ्न।
कम्युनिस्ट घटक ४ पार्टीले एम सि सि विरुद्धमा प्रदसन तथा प्रशासन कार्यालय घेराउ गरेका हुन।
र्राष्ट्रिय जनमोर्चा, , नेकपा (क्रान्तिकारी) माओवादी, नेकपा मसाल र नेपाल कम्युनिस्ट पार्टी प्युठानको आयोजनामा बिरोध प्रदशन तथा प्रशासन कार्यालय घेराउ कार्यक्रम भएको हो।
आइतबार सरकारले संसदमा एम सिसिको प्रस्ताव लैजान लागेको भन्दै त्यसको विरुद्धमा देश ब्यापी बिरोध तथा प्रदशन गर्ने कार्यक्रम अनुसार प्युठानमा पनि आन्दोलन गरिएको राजमो प्युठानले बताएको छ।
विरोध तथा प्रदशन कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका जिल्ला अध्यक्ष कृष्ण खड्काले एम सि सि को विरुद्धमा आम जनता सडकमा आउनु पर्ने बताउनु भयो उहाँले देश रहे मत्रै यहाका पार्टी रहने भन्दै पहिलोकुरा देश, रास्ट्र रहनु पर्नेमा ठुला हात्ती पार्टीहरु बिदेशीहरुको दलाल बन्न पुगेको आरोप लगाउनु भयो।
नेकपा मसालका जिल्ला प्रबक्ता ज्ञामुराम न्यौपानेले अमेरिकी सैनिक नेपालमा राख्ने र नेपाललाई अस्तब्यस्त गराउने खेल अनुरुप एमसिसी आएको भन्दै पटकपटक नेपाली दलालहरुले नेपाली जनतालाई झुक्याउने गरेको उल्लेख गर्दै१९५० को सन्धि लागएतका सन्धि सन्झौता खारेज गर्न तर्फ नलागेर एक पछि अर्को रास्ट्रघात गर्नमा नालएक सरकार लागि परेकोले अब जनतको न्यायपुर्ण आन्दोलन आवस्यक रहेको बताउनु भयो, एक दिन नेपाली जनताका अगाडि शासकहरुले घुडा टेक्ने समेत उल्लेख गर्नु भयो।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य टिकाराम पौडेलले एम सि सि पास गर्न सरकार लागी परेको भन्दै रास्ट्र्वादी शक्तिहरु एक हुनु पर्ने वताउनु भयो” कुनै पनि हालतमा एम सिसि पास गर्न नहुने भन्दै थप आन्दोलनको आवस्यकता रहेको उल्लेख गर्नु भयोसाथै बिदेशी दलालहरुलाई पास गरेमा जनताले हात खुट्टा भाचिदिने भन्दै आन्दोलन नरोकिने बताउनु भयो।
नेपाल कम्युनिस्ट पार्टीका नेता सुर्यप्रकाशले बिदेशको दलाली गर्ने पार्टी र नेतालाई एम सि सि पास गरेर देखाउन चौनौती दिनु भयो। देश र जनताको निम्ति रगतको भोल बगाउन पछि नपर्ने भन्दै तेस्ता नेतालाई जनताले ठेगान लगाउने बताउनु भयो। आमेरिकी साम्राज्यवाद जहाँ पुगेको छ तिहा असान्ती, द्वन्द्व, हिंसा भएको भन्दै साम्राज्यवादका विरुद्ध जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने बताउनु भयो।
आर्थिक लोभ देखाएर अमेरिकी साम्राज्यवादले नेपालमा आफ्ना सेना राख्न र आफ्नो स्वार्थ पूरा गर्न खोजेको वताउनु भयो उहाले नेपाली दलालहरुलाई जनता विरुद्ध गतिविधि नगर्न चेतावनी दिनु भएको छ।
राजमोका नेता राम पहाडीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।