मङ्लबार, भदौ २४, २०८२

मूलप्रवाहको आठौं राष्ट्रिय सम्मेलनको भारतव्यापी व्यापक तैयारी

 

खिमराज चालिसे,
नई दिल्ली,

भारतस्थित नेपाली हरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आठौं अखिल भारत सम्मेलन यहि फागुन १५,१६ र १७ गते अर्थात २७-२८ फरवरी र १ मार्च २०२२ को लागी भारतव्यापी व्यापक तैयारी भई रहेको छ।

“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ,
भारतस्थित प्रवासी नेपाली हरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं !” भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलन को उदघाटन राजमोका अध्यक्ष एंव जनप्रिय बामपन्थी नेता, पूर्व उप प्रधानमंत्री चित्र बहादुर केसीले २७ फरवरी २०२२ आईतबार को गर्नुहुनेछ ।

सम्मेलन मा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पार्टिको धारणा सहितको मन्तव्य राख्नु हुनेछ भने देशभित्रका विभिन्न जनवर्गिय मोर्चाका केन्द्रीय नेताहरु समेत भारत स्थित विभिन्न संघसस्था का शिर्ष व्यक्ति हरुको आथित्यता रहने छ।

त्यसैगरि दोश्रो दिन २८ फरवरी २०२२ बन्द सत्र सम्पन्न गरिने तथा सांझ साँस्कृतिक कार्यक्रम गरिने भएको छ भने तेश्रो दिन १ मार्च २०२२ मंगलबार ११ बजे देखि बिचार गोष्टि र करिव १ बजे घोषणा सभा पछि करिव ३ बजे समापन समारोह को कार्यक्रम निश्चित गरिएको छ।

सम्मेलन को लागी भारतव्यापी विभिन्न नगरहरु बाट प्रतिनिधि, प्रयवेक्षक, दर्शक तथा स्वयंसेवक, कलाकार हरु तय भई सकेको र सबै नगरहरु उत्साह पूर्वक तैयारीमा जुटिरहेको जानकारी मूलप्रवाह का महासचिव ठाकुर खनालले दिनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?