मङ्लबार, भदौ २४, २०८२

अखिल नेपाल युवा संघ प्यूठानद्धारा प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण

अनुज पछाई , प्यूठान ।अखिल नेपाल युवा संघ प्यूठानले प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई बुधबार ध्यानकर्षण पत्र बुझाएको छ । गत फागुन ९ गतेको मल्लरानी गाउपालिका प्यूठानका अध्यक्ष अमरध्वज राणा , प्रमुख प्रशाासकिय अधिकृत बालकृष्ण थापा , शिक्षा शाखाका प्रमुख ठाकुर आचार्य र शिक्षा बिकास तथा समन्वयन इकाइ समितिका प्रमुख शिबराज पण्डितलाई हातपात गरि कालोमोसो दलेको घटना प्रति अखिल नेपाल युवा संघ प्यूठानका अध्यक्ष कमल पौडेल लगाएतको टोलिले प्रमुख जिल्ला अधिकारी खिमराज भुषाललाई ध्यानाकर्षण पत्र बुभाएको हो ।
मल्लरानी गाउपालिका वडा नं. ५ मा रहेको भूमि बिकास आधारभुत बिद्यालयको पठनपाठनको बिषयमा शिक्षक , ब्यबस्थापन समिति अभिभावक को बिचमा छलफल भैरहेको बेला विप्लब कार्यकर्ता बताउने एक समूहले जङगलि हर्कत गरेको ध्यानाकर्षणमा उल्लेख छ ।
गोपिलाल सुनार सहितको सर्मूहबाट भएको उक्त घटनाको बारेमा प्रहरी प्रशासनमा जाहेरी दिएको र उक्त घटना प्रति जिल्ला प्रशासन कार्यालय प्यूठान र जिल्ला प्रहरी कार्यालय प्यूठान घटनाको नजिकै रहेको अबस्थामा पनि उदासनिता देखाउनु दुखद भएको ध्यानकर्षणमा उल्लेख गरिएको छ ।
साथै अपराधमा संलग्न ब्यक्तिलाई कानुनि कारबाहि अगाडी बढाउन पनि आग्रह गरिएको छ । समयमै कानुनी कारबाहि नभएमा त्यसबाट उत्पन्न हुने परिणमको जिम्मा स्वयम प्रहरी प्रशासनले बेहोर्नुपर्ने चेतावनी समेत ध्यानआकर्षमार्फ दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?