
१२ फाल्गुन, प्युठान
मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगर, प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण थापा लगाएत कर्मचारी समेतलाई नेकपा बिप्लव समुहका केही ब्यक्तिले फाल्गुन नौ गते गरिएको अमानवीय दुर्व्यवहार प्रती प्युठानका स्थानीय तहका प्रमुख प्रशसकिय अधिकृतले घटनाको संयुक्त विग्यप्ती मार्फत बिरोध गरेका छ्न।
मल्लरानी गाउँपालिका वडा न.५ सरङकोटमा रहेको भुमी विकास आधारभुत विद्यालयमा सिकाई सहजीकरणका लागि भएको भेलामा उनिहरुले एकाएक दुर्व्यवहार गरेको भन्दै एस्ता अराजक गतिबिधीले समाज अगाडि बढ्न नसक्ने भन्दै यस किसिमको अमानवीय कार्यप्रती घोर भर्सना गरिएको छ।
जनताको सबैभन्दा नजिक रहेर काम गर्ने जनप्रतिनिधि र रास्ट्रसेवक कर्मचारी माथी गरिएको अमानवीय व्यबहार खेदजनक रहेको उल्लेख गरिएको छ। कानुन, विधि प्रक्रिया बिपरितका अस्वभाविक माग राखि धम्क्याउने र माग सम्बोधन नगर्दा गरिने एस किसिमका दुव्र्यवहार क्षम्य नहुने बिग्यपती मार्फत सचेत गराएक छ्न।
अराजनीतिक अपराधीक गतिविधिबाट कत्तिपनि बिचलन नभई सेवा र स्थानीय बिकासमा लाग्न स्थानीय सरकारका रास्ट्रसेवक कर्मचारीलाई आव्हान गरिएको छ।
हस्ताक्षरित बिग्यप्तिमा दोषीलाई कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रशासन र नेपाल सरकार समक्ष माग समेत गरिएको छ।