बुधबार, भदौ २५, २०८२

प्यूठानका बुढा डान्स च्याम्पिएनको उत्कृष्ट पाँचमा


अनुज पछाई , प्यूठान । नेपालमा सञ्चालन भएको डान्स च्याम्पिएनको उत्कृष्ट ५ को छनोट सकिएको छ । उत्कृष्ट ५ मा अहिले प्यूठानका बिजय बुढामगर पनि प्रबेश गर्न सफल भएका छन । अब डान्स च्याम्पिएनको फाइनलमा पुग्नको लागी प्यूठानी प्रतिभालाई भोटको आबस्यक्ता रहेको छ ।
प्रतिसप्रर्धिी बिजय बुढामगरलाई भोट गर्नको लागी मोबाइलको म्यासेज बक्समा गएर अङग्रेजी अक्षर डिसिएन लेखि एउटा खाली ठाउँ छोडी ०२ लेखेर ३३००१ मा पठाउन सकिने छ । त्यसको साथै बिदेशमा रहने जोसुकैले पनि आइ एम ई पे एप्लिकेशनबाट पनि भोट गर्न सकिने छ । प्रतिसप्रर्धी बुढामगरलाई आउदो फागुन १७ गते मङगलबारसम्म भोट गर्न सकिने छ ।
अब एक पटक प्यूठान जिल्लालाई कला मार्फत देशमा चिनाउने अबसर आएकोमा सबैलाई भोट गर्नका लागी प्रतिसप्रर्धी बुढामगरले आग्रह गरेका छन । उनले सबै प्यूठानीलाई सम्बोधन गर्दै भनेका छन – “मैले सोचेर मात्र हुदैन । म कला प्रस्तुत गर्छु । तपाई मलाई भोट गर्नुस प्यूठानलाई नृत्यको माध्यमबाट म देश बिदेशमा चिनाउने छु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?