
बागलुङ बजार । बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटा निवासी राष्ट्रिय जनमोर्चाका साधारण सदस्य श्याम खत्रीले आफूलाई एमालेमा प्रवेश गरेको भनी फैलाइएको भ्रमको खण्डन गर्नुभएको छ ।
बागलुङको एउटा एफ.एम. र सामाजिक सञ्जालमा आफूलाई नेकपा (एमाले) मा प्रवेश गरेको हल्ला चलाइएपछि श्याम खत्रीले २०७८ फागुन १४ गते लिखित स्पष्टीकरण दिँदै आफू राष्ट्रिय जनमोर्चामै रहेको स्पष्ट पार्नुभएको हो ।
स्पष्टीकरणमा उहाँले भन्नुभएको छ–
“म श्याम खत्री । मलाई २०७८ फागुन १० गतेका दिन एउटा मिटिङ छ भनी एमाले पैयुँपाटाको आयोजनामा मलाई पार्टीप्रवेश गरेको भनी प्रचार प्रसार गरिएको हुँदा म हालसम्म कुनै पार्टीमा प्रवेश गरेको छैन । हालसम्म राजमोमा नै छु । पार्टी प्रवेशको कुरा झुटा हो ।”