मङ्लबार, भदौ २४, २०८२

दाङमा नेपाल बन्द कार्यक्रम सम्पन्न

दिनेश रैदास दाङ
२०७८/११/१६
दाङमा ससंदबाट राष्ट्रघाति एमसिसि सम्झौता पास भएपछिको नेपाल बन्द कार्यक्रम सयुंक्त रुपमा सम्पन्न भएको छ ।

बिरोध सभालाई राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले नेपालको ससंद व्यावस्था भनेको राष्ट्रघाति सम्झौता गर्ने, कालाबजारी गर्ने , भ्रष्टाचार गर्ने र देश बेच्ने जस्तो काम बाहेक अरु केही देखिएको छैन भन्नु भयो।

त्यसैगरी नेकपा (माले)का नेत्र पाण्डेले नेपालका दलाल नेताहरुले गरेको एमसिसि जस्तो रास्ट्रघाति सम्झौता पास गर्ने दलाल नेताहरुलाई आउदै गरेको चुनावबाट पत्तासाफ गराउन अह्रवान गर्नु भयो।
त्यसैगरी नेकपा ( क्रान्तिकारी माओवादी) का तिलक बिक र नेकपाका कामरेड बिक्रम लगायतले मन्तब्य र कविता वाचनका साथै सभाको सहजीकरण मनिराम खनालले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?