
अनुज पछाई , प्यूठान । होटल ब्यबसायी संघ प्यूठानको ११ औ साधारण सभा तथा पाँचौ जिल्ला अधिबेशन शुक्रबार हुने भएको छ । होटल ब्यबसायि संघ प्यूठानको सम्पूर्ण पालिकामा पधादिकारी निर्बाचित भएसंगै शुक्रबार होटल ब्यबसायि संघ प्यूठानको अधिबेशन गर्न लागिएको हो । अधिबेशनको सम्पूर्ण तयारी पुरा भैसकेको होटल ब्यबसायि संघ प्यूठानका महासचिब बसन्त प्रसाद भण्डारीले बताएका छन ।
जिल्ला अधिबेशनसंगै पर्यटन सुचना केन्द्र प्यूठानको उदघाटनको कार्यक्रम पनि रहेको महासचिव भण्डारीले बताएका छन । पर्यटन सुचना केन्द्रको उदघाटन पर्यटन गा्रमिण तथा सहरी बिकास मन्त्रि डिल्ली बहादुर चौधरीले गर्ने तय रहेको होटल ब्यबसायि संघ प्यूठानका महासचिवले बताएका छन । कार्यक्रम संघको सचिवालय हल जुम्रिमा गरिने आयोजकले बताएको छ ।